• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सुर्खेतबाट पैदल आएका नवराजले भेटे कांग्रेस नेता कोइरालालाई

    • lumbinisanjal
    • २०८२ असार ११, बुधबार १०:१२
    2.2K
    SHARES
    सुर्खेतबाट पैदल आएका नवराजले भेटे कांग्रेस नेता कोइरालालाई

    काठमाडौं,११ असार । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिन लगाएर पैदलयात्रामा काठमाडौं आएका भ्रष्टाचार विरोधी अभियन्ता नवराज बोहराले कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन् ।

    भेटघाटका क्रममा कोइरालाले आफू सुशासन र ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को पक्षमा रहेकाले बोहराको अभियानमा आफ्नो पूर्ण साथ रहने प्रतिबद्धता जनाए ।

    अभियन्ता बोहराले गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

    कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१औँ दिनमा असार ३ गते काठमाडौं आइपुगेका थिए ।



    lumbinisanjal   
  • २०८२ असार ११, बुधबार १०:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP