• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    बालिका गरिमा चौधरीको हत्याको बिरोधमा बुटवलमा विद्यार्थीहरुको र्याली

    • lumbinisanjal
    • २०८३ भाद्र ८, सोमबार ०७:२९
    104
    SHARES
    बालिका गरिमा चौधरीको हत्याको बिरोधमा बुटवलमा विद्यार्थीहरुको र्याली

    बुटवल । बारा जिल्लामा ३ वर्षीय बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या गरिएको बिरोधमा आइतबार इन्टलेक्च्युअल एकेडेमी बुटवल ११ कालिकानगरका विद्यार्थीहरुले बुटवलमा बिरोध र्याली गरेका छन।

    बालबालिकाको सुरक्षा र हत्यारालाई हदैसम्मको कार्बाहिको माग सहित गरिएको र्यालीमा विद्यार्थीहरुले
    “गरिमा चौधरीलाई न्याय देऊ, बालबालिकाको सुरक्षा गर”!
    “बालिका बचाऔँ, भविष्य बचाऔँ”!
    “बालिकामाथि हिंसा बन्द गर”!
    “दोषीलाई उन्मुक्ति होइन, कानुनी कारबाही चाहिन्छ”!
    “बालअधिकारको सम्मान गर, हिंसामुक्त समाज निर्माण गर” !
    “छोरीलाई माया होइन , सुरक्षा देऊ”!
    “बालिका माथिको हिंसा—समाजमाथिकै कलंक”! लगाएतका

    नाराका प्लेकार्ड लिएर बिधालय क्षेत्र भुवनसिङमार्ग हुँदै देबिनगर ,देबसिद्द्चोक ,पश्चिम सिद्दनगर ,बिहानीपथ लगाएतको परिक्रमा गरेका थिए।

    सो कार्यक्रम “गरिमा चौधरीलाई न्याय देऊ!
    हरेक बालिकालाई सुरक्षित जीवन देऊ!” भन्ने ब्यानरमा इन्टलेक्च्युअल बाल क्लबको आयोजना गरिएको थियो । कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रम पश्चात् र्यालीको समापन गर्दै बालबालिकाको सुरक्षासगै समाजमा जनचेतना जगाउने उदेश्यले सो र्याली गरिएको बाल क्लबकि अध्यक्ष सिमरन बस्यालले बताएकी थिइन ।



    lumbinisanjal   
  • २०८३ भाद्र ८, सोमबार ०७:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP