• २०८३ भाद्र ७ | Sun, 23 Aug 2026
  • Dark Mode

          Subscribe

    गाउँघरकै भाकामा तीजको धमाका, ‘भँगेरी चरी झैँ’ले मच्चायो रौनक

    • lumbinisanjal
    • २०८३ भाद्र ७, आईतवार २३:०८
    52
    SHARES
    गाउँघरकै भाकामा तीजको धमाका, ‘भँगेरी चरी झैँ’ले मच्चायो रौनक

    बुटवल। हिन्दु महिलाहरूको विशेष पर्व तीज नजिकिँदै गर्दा बजारमा तीजका नयाँ–नयाँ गीत सार्वजनिक हुने क्रम बढेको छ। यही माहोलमा गाउँघरको मौलिक स्वाद र तीजको रौनक बोकेको नयाँ गीत ‘भँगेरी चरी झैँ’ सार्वजनिक भएको छ।

    लोकदोहोरी गायक बसन्त लम्साल, नारायण बीपी र गायिका शिलु भट्टराईको संयुक्त आवाज रहेको गीतमा गाउँघरको परिवेश, तीजको रमाइलो र मौलिक लोकलयलाई प्राथमिकता दिइएको छ।
    गीतको म्युजिक भिडियोमा एलिना रायमाझी, सरोज प्रजा, गीता खनाल, सुनिलबाबु खनाल र कपिल खत्रीको अभिनय देख्न सकिन्छ।

    मोडलिङसँगै लाइभ दोहोरीमा समेत सक्रिय सुनिलबाबु खनालले गीतमा गाउँघरको स्वाद र मिठास झल्काउने प्रयास गरिएको बताउनुभयो । गाउँका मौलिक पनलाई गीतमा विशेष ढङ्गले प्रस्तुत गरिएको बताउनुभयो ।

    गीतका शब्द विक्रमबाबु विश्वकर्माले लेख्नुभएको हो। संगीत बसन्त लम्सालको रहेको गीतलाई बिनोद बजुरालीले एरेन्ज गर्नुभएको छ।
    यसपालिको तीजमा ‘भँगेरी चरी झैँ’ले दर्शक–श्रोताको राम्रो माया पाउने विश्वास निर्माण टिमको छ। गायक नारायण बीपीका अनुसार गीतमा तीजको मौलिकपनसँगै गाउँघरमा रमाइलो गर्दै नाच्ने–गाउने वातावरणलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
    गीतको म्युजिक भिडियो बसन्त लम्सालको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ।

    हेर्नुहोस् भिडियो :

     



    lumbinisanjal   
  • २०८३ भाद्र ७, आईतवार २३:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP