• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    नव उदयमान प्रतिभा सुवास पोखरेल र देवी घर्तीमगरको स्वरमा ‘भाग्यले छल गर्‍यो’ सार्वजनिक

    • lumbinisanjal
    • २०८२ कार्तिक १४, शुक्रबार १६:०२
    9.2K
    SHARES
    नव उदयमान प्रतिभा सुवास पोखरेल र देवी घर्तीमगरको स्वरमा ‘भाग्यले छल गर्‍यो’ सार्वजनिक

    बुटवल, १४ कार्तिक।  गित संगितको बजारमा नयाँ नयाँ गित सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा गुल्मीको धुर्कोट बस्तु डुकुर्जीमा जन्मिएर नेपाली लोक संगित क्षेत्रमा पाइला चाल्दै गरेका नव प्रतिभा सुबास पोखरेलको  ‘भाग्यले छल गर्‍यो’ सार्वजनिक भएको छ ।

    गीतमा गायक सुवास पोखरेल र चर्चित लोक तथा दोहोरी गायिका देवी घर्तीमगरको सुमधुर स्वरमा सजिएको यो गीतमा शब्द शिव पौडेलले र संगीत ऋषि खड्काले तयार पारेका हुन्।

    गीतको भिडियोमा मोडल तथा निर्देशक आशिष प्रताप जङ्ग र स्मारिका ढकालको दमदार अभिनय देख्न सकिन्छ। निर्देशन स्वयं आशिष प्रताप जङ्गले गरेका हुन् भने छायांकन करण चैसिर, सम्पादन तथा रङ संयोजन दीपक विष्टले गरेका छन्।

    गीतमा संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन्। मिक्सिङ र माष्टरिङ कुमार राणाले गरेका हुन् भने रेकर्डिङ मारुनी स्टुडियोमा सम्पन्न गरिएको हो।

    गीतलाई रेड एप्पल मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

    हेर्नुहोस् भिडियो:



    lumbinisanjal   
  • २०८२ कार्तिक १४, शुक्रबार १६:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP