• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    विद्यालय जीवनको प्रेमलाई समेट्दै फर्सु पाण्डेयको नयाँ गीत सार्वजनिक

    • lumbinisanjal
    • २०८३ जेष्ठ ११, सोमबार ०९:३६
    767
    SHARES
    विद्यालय जीवनको प्रेमलाई समेट्दै फर्सु पाण्डेयको नयाँ गीत सार्वजनिक

    बुटवल ,११ जेठ । विद्यालय जीवनको प्रेम सम्बन्धलाई चित्रण गर्दै फर्सु पाण्डेयको दोस्रो सांगीतिक कोसेली सार्वजनिक भएको छ । …ए माया तिम्रो साथ पाउन्नर´ बोलको गीत सार्वजनिक गरिएको हो । पाण्डेयकै शब्द तथा संगीत रहेको उक्त गीतमा शान्ति श्री परियार र फर्सु पाण्डेयको स्वर रहेको छ ।

    मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतमा गीता ढुंगाना र फर्सु पाण्डेयको अभिनय देख्न सकिन्छ । फर्सु पाण्डेय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले विद्यालय जीवनको प्रेम सम्बन्धलाई मुख्य विषय बनाएको छ । छोटो समयमै दर्शकहरूले गीतलाई रुचाएका छन्।

    पाण्डेयले अस्मिता सान्नानीबाट सांगीतिक यात्रा सुरु गरेका हुन्। स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा जन्मिएका पाण्डेय हाल काठमाडौंमा रहेर गीत–संगीत क्षेत्रमा सक्रिय छन्। उनले लोक तथा आधुनिक दुवै शैलीका गीतहरू निर्माण गर्दै आएका छन्।

    भिडियो हेर्नुहोस : 



    lumbinisanjal   
  • २०८३ जेष्ठ ११, सोमबार ०९:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP