• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    लोकगायक तुलसिंह रनपछाईलाई पूर्व गृहमन्त्रीबाट सम्मान

    • lumbinisanjal
    • २०८२ जेष्ठ २०, मंगलवार ००:४६
    8.2K
    SHARES
    लोकगायक तुलसिंह रनपछाईलाई पूर्व गृहमन्त्रीबाट सम्मान

    गुल्मी,२० जेठ । डेढ दशकदेखि ग्रामीण भेगमा लोकसंस्कृति र सञ्चार सेवामा क्रियाशील हुँदै लाखौं श्रोताको मन जित्न सफल सञ्चारकर्मी तथा लोकगायक तुलसिंह रनपछाईलाई राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड)–२०८१ अन्तर्गत “साधना सञ्चारकर्मी सम्मान–२०८१” प्रदान गरिएको छ।

    गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङमा जन्मिएका रनपछाईलाई काठमाडौंमा आयोजित विशेष समारोहमा पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले सम्मान प्रदान गरेका हुन्। आयोजकका अनुसार, ग्रामीण क्षेत्रमै रहेर लोकसंस्कृति, सञ्चार र गीत–संगीतको माध्यमबाट समाजमा प्रभाव पार्न सफल व्यक्तित्वलाई सम्मानस्वरूप यो अवार्ड प्रदान गरिएको हो।

    २०६५ सालमा रेडियो प्युठानबाट पत्रकारिता यात्रा सुरु गरेका रनपछाईले गुल्मीको रेडियो स्काई, काठमाडौंको सिटिजन एफएम र ब्रोड एफएम हुँदै हाल डिजिटल अनलाइन टिभी सञ्चालन गरी आफ्ना कार्यक्रमहरू प्रस्तुत गर्दै आइरहेका छन्।

    उनले “लालीगुराँस फुल्यो बनैमा”, “सुपारी काँचो”, “तिमी मेरी होइनौ सानु”, “बधाई”, “कति महान छौं” लगायत दर्जनौँ लोकगीतमा आफ्नो सशक्त स्वर दिएका छन्।

    राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका केन्द्रीय सदस्य तथा गुल्मी कलाकार समाज काठमाडौंका  सचिवसमेत रहेका रनपछाईको सम्मानले स्थानीय तहमा क्रियाशील सञ्चारकर्मीहरूका लागि प्रेरणा थपेको छ।

     



    lumbinisanjal   
  • २०८२ जेष्ठ २०, मंगलवार ००:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP