• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘शाम्बाला’ ओपनिङ सिनेमा

    • lumbinisanjal
    • २०८२ जेष्ठ १३, मंगलवार १३:३२
    5.8K
    SHARES
    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘शाम्बाला’ ओपनिङ सिनेमा

    काठमाडौं ,१३ जेठ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५मा ‘शाम्बाला’ ओपनिङ सिनेमाको रूपमा रहने भएको छ ।

    आयोजकले प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक गर्दै मीन भामको ‘शाम्बाला’ ओपनिङ सिनेमाको रूपमा रहने जानकारी दिएको हो ।

    ‘पूजा सर (राजागंज)’ र ‘भूठान’ पनि महोत्सवमा प्रदर्शन हुनेछन् । अमेरिकाको मेरिल्यान्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सव जुन २६ देखि २९ सम्म हुनेछ ।

    महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदीलगायत १५ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ चलचित्रहरू प्रदर्शन हुनेछन् ।

    ग्लोबल पिस फिल्म फेस्टिवल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको ‘लिथियम राइजिङ्ः द रेस फोर क्रिटिकल मिनिरल’ र निर्देशक ओल्ह बर्लान्दिनोको ‘द वार ट्रायल’ गरी दुई चलचित्र प्रदर्शन हुनेछन् ।

    प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । पुरस्कार छनौटका लागि निर्णायक मण्डलको नाम भने केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १३, मंगलवार १३:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP