• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    ‘तिमी  हौ कसैको’ सार्वजनिक : कुशल बेल्बासे र आश्मा बञ्जाडेको आवाजमा बिछोडको गहिरो कथा

    • lumbinisanjal
    • २०८२ असार १८, बुधबार २२:५६
    9.4K
    SHARES
    ‘तिमी  हौ कसैको’ सार्वजनिक : कुशल बेल्बासे र आश्मा बञ्जाडेको आवाजमा बिछोडको गहिरो कथा

    ✍️ बासुदेव पोखरेल 

    बुटवल ,१८ असार । नेपाली सांगीतिक बजारमा छुट्टिएर बाँचेको माया, बाध्यता र पीडाको भाव बोकेको नयाँ गीत ‘तिमी हौं कसैको’ सार्वजनिक भएको छ। बहुचर्चित गायक कुशल बेल्बासे र गायिका आश्मा बन्जाडे आवाजमा सजिएको यो गीतले भर्खर छुट्टिएको सम्बन्धको गहिरो असर दर्शक–स्रोतामाझ पु¥याएको छ।

    गीतमा शब्द लेखन टिका सानुको रहेको छ भने लय र थेगो सिर्जना आश्मा बन्जाडेले गरेकी छन्। बिछोडको भावलाई कोमल लयमा पगाल्दै गीतलाई आत्मामा पुग्ने बनाइएको छ।

    संगीत संयोजन पवन परियारले गरेका छन् भने रेकर्डिङ सागर बाजुरालीले मालाश्री रेकर्ड स्टुडियोमा गरेका हुन्।

    गीतमा प्रेममा बाँचेका पीडा र विवशता शब्दमार्फत अभिव्यक्त गरिएका छन्। स्वर, शब्द, लय र संगीतले समग्रमा एउटा मार्मिक वातावरण तयार पारेको छ।

    गीतको भिडियो पनि उतिकै संवेदनशील बनेको छ। कथा निर्देशन गायिका टिका सानुले गरेकी हुन्।

    भिडियोमा कुशल बेल्बासे, टिका सानु, आश्मा बन्जाडे, रमेश ओली, खेम नेपाली, र गोमा न्यौपानेको सशक्त अभिनय देख्न सकिन्छ।

    छायांकन बीरेन्द्र परियारले गरेका हुन् भने सम्पादन अनिल बिष्ट प्युठानीले गरेका छन्।

    गीतको शब्द, संगीत र दृश्य– समग्र समायोजनले ‘तिमी हो कसैको’लाई केवल गीत मात्र नभई एक सजीव अनुभूतिको कथा बनाएको छ। गीत आश्मा बन्जाडे युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

     

    हेर्नुहोस भिडियो : 

     



    lumbinisanjal   
  • २०८२ असार १८, बुधबार २२:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP