• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्री वालेन्द्र शाहद्वारा मुक्तिनाथ मन्दिरमा पुजाअर्चना

    • lumbinisanjal
    • २०८३ भाद्र ७, आईतवार ०६:१७
    65
    SHARES
    प्रधानमन्त्री वालेन्द्र शाहद्वारा मुक्तिनाथ मन्दिरमा पुजाअर्चना

    मुस्ताङ । पोखराबाट सडकमार्ग हुँदै मुस्ताङ पुगेका प्रधानमन्त्री बालेन्द्र साहले शनिबार साँझ हिन्दू तथा बौद्ध धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन्। प्रधानमन्त्री शाहले शनिबार साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका हुन् ।

    tranquality spa
    Glossy Paints
    Shine Resunga Bank
    मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी गराए अनुसार प्रधानमन्त्री शाह शनिबार साँझ ७ः३० बजे मुक्तिनाथ मन्दिरमा प्रवेश गरेकाे बताए । व्यवस्थापक भुसालका अनुसार प्रधानमन्त्रीले साँझ ८ः०० बजेसम्म मन्दिरमा रहेर पुजाअर्चना गरेका थिए । उनले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका र प्रसाद समेत ग्रहण गरे ।

    Hi Life
    शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेका थिए । उनी मुस्ताङको घरपझोङ–३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बसेका छन् ।

    प्रधानमन्त्री शाह होटल ओम्स होममा केही समय आराम गरी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किएका हुन् ।

    हिमाली जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा प्रसिद्ध छ। देश तथा विदेशबाट ठूलो संख्यामा श्रद्धालु मुक्तिनाथ दर्शनका लागि पुग्ने गरेका छन्।

     



    lumbinisanjal   
  • २०८३ भाद्र ७, आईतवार ०६:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP