• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    सुटकेसमा लुकाएको अवस्थामा महिलाको शव फेला

    • lumbinisanjal
    • २०८२ भाद्र ९, सोमबार ०७:४७
    2.5K
    SHARES
    सुटकेसमा लुकाएको अवस्थामा महिलाको शव फेला

    रौतहट , ९ भदौ । गौरमा डेरा गरी बस्दै आएकी एक महिलाको शव सुटकेशभित्र लुकाएर राखेको अवस्थामा भेटिएको छ । भारतको मुजफरपुर जिल्लाको रक्साटोल निवासी शिवसागर साहसित पाँच वर्षअघि विवाह गरेकी माधवनारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी सुटकेशमा राखेको शव गौर नगरपालिका ९ सिर्सिया नजिक भेटिएको हो ।

    छोराको अध्ययनका लागि माइती देश नेपालको रौतहट जिल्लास्थित गौर नगरपालिका–२ महादेवपटीमा डेरा गरी बस्दै आएकी साहको हत्या गरेको अवस्थामा शव भेटिएपछि न्यायका लागि उनको श्रीमान् रौतहट आइपुगेका छन् । सदरमुकाम गौरबजार जान भनेर शनिबार साँझ डेराबाट निस्किएकी साहको शव शनिवार राति सुटकेसभित्र फेला परेपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।

    मृतक साहले साँझ करिब ६ बजेतिर आमा मिथिला देवी साहलाई अन्तिम पटक फोन गरेपछि उनी सदाका लागि अस्ताएकी छिन् । मृतक साहको मोबाइल घटनास्थलमा फेला परेको छैन । श्रीमतीको हत्या भएको खबरसँगै उनको श्रीमान् श्रीमती खोज्न रौतहट आइपुगेका छन् ।

    श्रीमतीसहित आइतबार घर जाने योजना बनाएका उनको सपना अधुरो नै बनेको छ । बिहानदेखि वरपरको सीसी क्यामेरा फुटेज र मोबाइल लोकेसनको आधारमा अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताउनुभयो । मृतक रुबी र उनकी आमा, ४ वर्षीय छोरासँगै ६ महिनादेखि डेरामा बस्दै आएका थिए ।



    lumbinisanjal   
  • २०८२ भाद्र ९, सोमबार ०७:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP