• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    बजाजको चेतक इलेक्ट्रीक स्कुटरका दुई नयाँ मोडल आइतबार बुटवलमा सार्वजनिक

    • lumbinisanjal
    • २०८३ भाद्र ७, आईतवार २२:१८
    52
    SHARES
    बजाजको चेतक इलेक्ट्रीक स्कुटरका दुई नयाँ मोडल आइतबार बुटवलमा सार्वजनिक

    बुटवल। बजाजको चेतक इलेक्ट्रीक स्कुटरका दुई नयाँ मोडल आइतबार बुटवलमा सार्वजनिक गरिएको छ । बुटवलमा श्री भैरव अटोमोवाइल्स प्रालिले चेतकका नयाँ भेरियन्टको विक्रि वितरण सुरु गरेको हो । नेपालका लागि बजाज चेतकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले चेतक सी २५०१ र सी ३५०३ दुई मोडल नेपालमा भित्राएको हो भने बुटवलमा श्री भैरवले विक्रि वितरण थालेको हो ।

    कम्पनीले चेतक सी २५०१ को मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ र सी ३५०३ को ३ लाख ३९ हजार ९०० रुपैयाँ तोकेर बिक्री थालेको हो । हाल नेपालमा चेतकको सी ३५०१ मोडल मात्रै बिक्री हुँदै आएकोमा कम्पनीले थप दुई विकल्प उपलब्ध गराएको हो ।

    सी २५०१ तुलनात्मक रूपमा चेतकको सस्तो र किफायती संस्करण हो । कम्पनीले यसलाई पूरै नयाँ चेसिस फ्रेममा तयार पारेको छ । कम्पनीले यसमा २.५ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसले एक पटकको फुलचार्जमा ११३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड ६० किलोमिटर प्रतिघण्टा रहेको छ । यो स्कुटर ४ घण्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ ।

    यसमा एलईडी डीआरएल, फ्ल्याट फुटबोर्ड र यू आकारको एलईडी टेललाइटका साथै गोलाकार एलईडी हेडल्याम्प पाउन सकिन्छ । यो मोडलको तौल मात्र १०७ किलोग्राम छ । यसको सिट मुनि २५ लिटर क्षमताको स्टोरेज पाइन्छ । चेतक सी २५०१ मा एलसिडी इन्स्ट्रयुमेन्ट कन्सोल, ब्लूटुथ कनेक्टिभिटी सिस्टम, यूएसबी चार्जिङ पोर्ट, हिल होल्ड असिस्ट, रिभर्स, इको र स्पोर्ट मोड दिइएको छ ।

    त्यस्तै, चेतक सी ३५०३ लाई भने कम्पनीले प्रिमियम मोडलका रूपमा निर्माण गरेको हो । यसमा ३.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा १५१ किलोमिटरसम्म रेन्ज दिने आईडीसीले प्रमाणित गरेको छ । यसको टप स्पीड ७० किमी प्रतिघण्टा रहेको कम्पनीले बतायो ।



    lumbinisanjal   
  • २०८३ भाद्र ७, आईतवार २२:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP