• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    पत्रकार दिलभूषण पाठकलाई २५ हजार धराैटीमा छाड्न अदालतको आदेश

    • lumbinisanjal
    • २०८२ असार १९, बिहीबार १८:४८
    2.4K
    SHARES
    पत्रकार दिलभूषण पाठकलाई २५ हजार धराैटीमा छाड्न अदालतको आदेश

    काठमाडौं ,१९ असार । काठमाडौँ जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा पाठक बिहीबार आफैँ अदालतमा हाजिर भएका थिए । न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्न आदेश दिइएको हो ।

    अनुसार साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध सोमबार मुद्दा दायर गरेको थियो ।

    ‘साइबर ब्युरो ५९’ का नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पाठकविरुद्ध एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको थियो ।निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर सामग्री प्रसारण गरी आफूविरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।



    lumbinisanjal   
  • २०८२ असार १९, बिहीबार १८:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP