• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट

    • lumbinisanjal
    • २०८३ जेष्ठ २२, शुक्रबार १५:०१
    221
    SHARES
    इन्डोनेसियामा ज्वालामुखी विस्फोट

    इन्डोनेसिया , २२ जेठ । पूर्वी इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट लेवोटोबी लाकी-लाकी शुक्रबार पटक-पटक विस्फोट हुँदा त्यस क्षेत्रको आकाशमा बाक्लो खरानी उडेकाले स्थानीय एयर पोर्ट बन्द गर्न बाध्य तुल्यायाएको अधिकारीहरूले बताएका छन् ।

    फ्लोरेस टापुमा अवस्थित उक्त ज्वालामुखी शुक्रबार बिहान ११ः१५ बजे विस्फोट भएर २.५ किलोमिटर वरपरको क्षेत्रको हावामा धुँवा तथा खरानी फैलिएको राष्ट्रिय ज्वालामुखी विभागले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । लेवोटोबी लाकी-लाकी ज्वालामुखी इन्डोनेसियाको दोस्रो उच्च सतर्क स्तरको ज्वालामुखि अन्तर्गत पर्दछ भने यसको क्रेटर वरिपरि पाँच किलोमिटर बहिष्करण क्षेत्र कायम गरिएको छ ।

    यदी समयमा भारी वर्षा भएमा ज्वालामुखी विस्फोटबाट निस्केका सामग्रीको मिश्रणसहितको खतरनाक बाढी आउन सक्ने जनाउँदै ज्वालामुखी विभागले नदी नजिकका बासिन्दालाई पनि सतर्क रहन सुझाव दिएको छ । अधिकारीहरूले लेवोटोबी लाकी-लाकीबाट करिब ६० किलोमिटर पश्चिममा रहेको मौमेरे सहरको स्थानीय विमानस्थलमा सञ्चालन स्थगित गरेका छन् जसका कारण पाँच वटा आन्तरिक उडान प्रभावित भएको विमानस्थल प्रमुख पार्थाहियान पञ्जाइतनलाई उदृत गर्दै एएफपीले बताएको छ ।

    यस अघि गत जुलाईमा, लेवोटोबी लाकी-लाकी १८ किलोमिटर वरपरको क्षेत्रमा खरानी तथा धुुवाँ फैलिने गरी विस्फोट हुँदा बालीको रिसोर्ट टापुको अन्तर्राष्ट्रिय विमानस्थलमा २४ वटा उडान रद्द गर्न बाध्य तुल्याएको जनाइएको छ । इन्डोनेसिया, एक टापुको समूहले बनेको राष्ट्र हो प्रशान्त “रिंग अफ फायर”मा यसको स्थितिको कारण बारम्बार भूकम्पीय तथा ज्वालामुखी जन्य प्रकोपको सामना गरी रहनु पर्ने बाध्यता रहेको जनाइएको छ । रासस/एएफपी



    lumbinisanjal   
  • २०८३ जेष्ठ २२, शुक्रबार १५:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP