• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मी समाज यूकेको अध्यक्ष मञ्जु भण्डारी

    • lumbinisanjal
    • २०८३ बैशाख २१, सोमबार २०:२१
    494
    SHARES
    गुल्मी समाज यूकेको अध्यक्ष मञ्जु भण्डारी

    बुटवल, २१ वैशाख । गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारीको चयन हुनुभएको छ। आइतबार अल्डरसटमा सम्पन्न समाजको आठौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

    नवगठित कार्यसमितिको उपाध्यक्षमा क्या. ताम ढेगा र डा. विष्णु घिमिरे चयन भएका छन् भने महासचिवमा महलाल घिमिरे, सचिवमा राधा खरेल, कोषाध्यक्षमा अर्जुन बस्नेत र सह–कोषाध्यक्षमा माया केसी निर्वाचित भएका छन्। यस्तै, प्रवक्ताको जिम्मेवारी सुरेश केसीले पाएका छन्।

    सांस्कृतिक सचिवमा दीपक थापा मैथाने चयन हुँदा सदस्यहरूमा मेजर बुद्धि भण्डारी, सूर्य विक्रम केसी, वासुदेव पोखरेल, लक्ष्मण पौडेल, रामप्रसाद पन्थी, पुण्डरी अर्याल, हिरा सापकोटा, हरिप्रसाद अर्याल, वसन्त खनाल, विश्वप्रताप सिंह, सुधिर गौतम, गीता काफ्ले, देव राना कपूर श्रेष्ठ, निर्मल पौडेल र दिनेश कुमार खरेल निर्विरोध चयन भएका छन्।

    वि.सं. २००७ सालमा स्थापना भएको समाजले विभिन्न नेतृत्व पार गर्दै अहिले मञ्जु भण्डारीको नेतृत्वमा नयाँ चरणमा प्रवेश गरेको हो। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आइतबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। निर्वाचन प्रक्रिया सल्लाहकार मीन दर्लामी संयोजक, मतिप्रसाद पुन सदस्य सचिव र राजेन्द्र श्रेष्ठ सदस्य रहेको समितिले सम्पन्न गराएको थियो।

    शपथ ग्रहणपछि अध्यक्ष मञ्जु भण्डारीले अग्रजहरूको मार्गदर्शनलाई आत्मसात गर्दै नयाँ पुस्ताको सक्रिय सहभागिता बढाउने र बेलायतमा समाजको आफ्नै भवन निर्माण गर्ने लक्ष्यसहित संस्थालाई सबै गुल्मेलीहरूको साझा थलोका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
    महासचिव महलाल घिमिरेले समाजलाई थप व्यवस्थित, अनुशासित र आधुनिक बनाउँदै उज्ज्वल भविष्यतर्फ अघि बढाउने अठोट व्यक्त गरे। प्रवक्ता सुरेश केसीले पनि समाजलाई उत्कृष्ट बनाउने दिशामा आफ्नो पूर्ण प्रयास रहने बताए।

    नवनिर्वाचित कार्यसमितिलाई संस्थापक अध्यक्ष ओमप्रसाद काउचा, पूर्व अध्यक्षहरू अर्जुन गौतम, राम गलामी, टोप पल्ली, वीर बलाल, निवर्तमान अध्यक्ष रुद्र थापा, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, समाजसेवी सुरेशचन्द्र भुसाल लगायतले सफल कार्यकालको शुभकामना दिएका छन्।

    यसअघि निवर्तमान अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा महासचिव महलाल घिमिरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष तेजप्रसाद श्रीषको आर्थिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष मुकुन्द हरि खरालले स्वागत मन्तव्य राखेका थिए भने गायिका सोनी कुँवरले सांगीतिक प्रस्तुति प्रस्तुत गरेकी थिइन्।



    lumbinisanjal   
  • २०८३ बैशाख २१, सोमबार २०:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP