• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    महाशिवरात्रीको अवसरमा दुबईमा विशेष शिव पूजा तथा मौलिक भजन–किर्तन कार्यक्रम

    • lumbinisanjal
    • २०८२ माघ २४, शनिबार २३:४५
    4.7K
    SHARES
    महाशिवरात्रीको अवसरमा दुबईमा विशेष शिव पूजा तथा मौलिक भजन–किर्तन कार्यक्रम

    बुटवल, २४ माघ । युएईमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गुल्मी सेवा समाज, यूएईको मातहतमा रहेको गुल्मेली मौलिक भजन–कीर्तन समूह, यूएई ले महाशिवरात्रिको पावन अवसरमा विशेष धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ।

    नेपालीहरूको महान् तथा पवित्र पर्व महाशिवरात्रिको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा विशेष शिव पूजा–आराधना, मौलिक भजन–कीर्तन तथा प्रसादी ग्रहणको व्यवस्था गरिएको संस्थाका अध्यक्ष जीवन सिंह ठकुरीले जानकारी दिनुभएको छ।

    धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्व बोकेको यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै नेपाली मौलिक संस्कृति, परम्परा तथा धार्मिक आस्थाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

    उक्त कार्यक्रम आगामी आइतबार, १५ फेब्रुअरी २०२६ का दिन दिउँसो १:३० बजेदेखि साँझ ६:०० बजेसम्म दुबईस्थित हाइड पार्क होटल, डाफे क्लब (अल्घुबैबा बस स्टेशन नजिक) मा आयोजना हुने जानकारी दिइएको छ।

    गुल्मी सेवा समाज, यूएईका वरिष्ठ उपाध्यक्ष विष्णु भट्टराई का अनुसार कार्यक्रम संयोजकमा बुद्धि प्रसाद न्यौपाने रहनु भएको छ भने सह–संयोजकको जिम्मेवारी धुर्व कुवर ले सम्हाल्नु भएको छ। भजन व्यवस्थापन श्रीराम भण्डारीले गर्नुहुनेछ भने सह–व्यवस्थापनको भूमिका विष्णु कुवँरले निर्वाह गर्नुहुनेछ। कार्यक्रम सञ्चालन कमल जङ्ग कार्कीले गर्नुहुने तय भएको छ।

    त्यसैगरी, पूजा व्यवस्थापनतर्फ प्रियसी मन्जु खनाल, रन्जीता कुवर तथा कमला थापा को सक्रिय सहभागिता रहनेछ। गुल्मेली मौलिक भजन–कीर्तन समूह, यूएई (दुबई) ले युएईमा रहनुभएका सम्पूर्ण नेपाली श्रद्धालु भक्तजनहरूलाई गरिमामय उपस्थित भई कार्यक्रमको शोभा बढाउन तथा यस पवित्र धार्मिक कार्यलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।



    lumbinisanjal   
  • २०८२ माघ २४, शनिबार २३:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP