• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    आज तराईका जिल्लामा होली उत्सव

    • lumbinisanjal
    • २०८१ चैत्र १, शुक्रबार ०२:५८
    2.5K
    SHARES
    आज तराईका जिल्लामा होली उत्सव

    बुटवल , १ चैत । पहाडमा बिहीबार मनाइएको होली उत्सव आज तराईका जिल्लामा मनाइँदैछ। तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ। रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर होली खेल्ने गरिन्छ।

    पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ। होलीमा प्रयोग गरिने रङहरूको आआफ्नै महत्व रहेको छ। नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ। पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो। भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ।

    सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफैँ जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा होली पर्व मनाउने गरिएको मान्यता छ। होलीको अवसरमा सरकारले शुक्रबार तराईका जिल्लामा सार्वजानिक बिदा दिएको छ।

     



    lumbinisanjal   
  • २०८१ चैत्र १, शुक्रबार ०२:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP