• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    भिम अस्पतालको अध्यक्षमा कुलप्रसाद न्यौपाने, अन्य अस्पतालमा को-को नियुक्त भए हेर्नुहोस्

    • lumbinisanjal
    • २०८२ जेष्ठ ८, बिहीबार १८:३४
    7.5K
    SHARES
    भिम अस्पतालको अध्यक्षमा कुलप्रसाद न्यौपाने, अन्य अस्पतालमा को-को नियुक्त भए हेर्नुहोस्

    बुटवल ,८ जेठ । भिम अस्पताल भैरहवाको अध्यक्षमा कुलप्रसाद न्यौपाने नियुक्त भएका छन । नेपाली कांग्रेसका नेता एवम समाजसेवी न्यौपानेको नियुक्तिले भिम अस्पताल सुधारमा पक्कै पहल हुने आशा स्थानियले राखेका छन् ।

    राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा भने नेपाली कांग्रेसबाट महेन्द्रराज लामिछाने नियुक्त भएका छन् र
    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अध्यक्षमा एमालेबाट अजय मान श्रेष्ठ नियुक्त भएका छन् ।

    यसैगरी प्युठान जिल्ला अस्पतालको अध्यक्षमा कांग्रेसबाट कृष्णप्रसाद बसेल, रोल्पा जिल्ला अस्पतालमा कांग्रेसबाट शेरबहादुर थापा, भीम अस्पताल भैरहवामा कांग्रेसबाट कुलप्रसाद न्यौपाने, पाल्पा अस्पतालमा कांग्रेसबाट अजय कर्माचार्य, रुकुम पूर्व अस्पतालमा कांग्रेसबाट लोकेन्द्र शाह नियुक्त भएका प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।

    यसैगरी गुल्मी जिल्ला अस्पतालमा एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, रामपुर अस्पताल पाल्पामा एमालेबाट युवराज खनाल र अर्घाखाँची जिल्ला अस्पतालमा एमालेबाट बलाराम मिश्र अध्यक्ष नियुक्त भएका हुन् ।

    त्यस्तै कपिलवस्तु जिल्ला अस्पतालमा एमालेबाट रन्जिकुमार बर्मा, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा एमालेबाट जगदीश चौधरी र भालुबाङ अस्पताल दाङमा एमालेबाट सूर्य प्रकाश शर्मालाई नियुक्त गरिएको छ ।

    रुपन्देही र दाङमा रहेका दुई आयुर्वेदिक अस्पतालका अध्यक्ष भने नियुक्त गर्न बाँकी छ । विगतमा मन्त्रिपरिषदबाट निर्णय हुने गरेको तर मन्त्रिस्तरीय निर्णयबाट पनि अध्यक्ष नियुक्त गर्न मिल्ने व्यवस्था रहेको प्रदेशकै एक पूर्व स्वास्थ्यमन्त्रीले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ८, बिहीबार १८:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP