• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    पुस ३ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

    • lumbinisanjal
    • २०८२ पुष ३, बिहीबार ०७:००
    2.2K
    SHARES
    पुस ३ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

    मेष : समय अनुकूल देखिँदैन । रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्छ ।

    वृष : दिन शुभ फलदायक छ । धन लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा बढ्ने देखिन्छ ।

    मिथुन : समय शुभ भएकाले आर्थिक लाभ, प्रतिस्पर्धा एवम् परीक्षा प्रतियोगितामा सफलता होला ।

    कर्कट : सजग रहनु बेस । बाथजन्य रोगको भय, कार्य असफल, शोकसन्ताप, तनाव हुन सक्छ ।

    सिंह : समय अनुकूल नहुँदा पेटको खराबी, पारिवारिक विवाद, निरर्थक घुमफिर हुन सक्छ ।

    कन्या : दिन शुभ छ । आर्थिक लाभ, मान–सम्मान, पढाइमा सफलता, मान वृद्धि हुने देखिन्छ ।

    तुला : धन हानि, व्यर्थको खर्च, चञ्चलता, आँखामा समस्या हुन सक्छ । सजग रहनुहोला ।

    वृश्चिक : तपाईंका लागि दिन शुभ छ । पुरस्कार–उपहार प्राप्ति, धन लाभ, कार्य सफल हुन सक्छ ।

    धनु : आर्थिक नोक्सानी, चोटपटकको भय, निरर्थक खर्च हुने सम्भवना भएकाले सतर्क रहनु बेस ।

    मकर : तपाईंका लागि दिन उत्तम छ । पैसा प्राप्ति, उत्तम भोजन, परिवार–सुख हुने देखिन्छ ।

    कुम्भ : समय अनुकूल भएकाले सुख–सन्तोष, कार्य सिद्धि, स्वस्थता, मन प्रफुल्लित होला ।

    मीन : राज्यको भय, इज्जत–प्रतिष्ठामा ह्रास, चिन्ता बढ्न सक्छ । सजग रहनु बेस होला ।



    lumbinisanjal   
  • २०८२ पुष ३, बिहीबार ०७:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP