• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    ल्होसारको पूर्वसन्ध्यामा बुटवलमा साँस्कृतिक पहिचानका झाकी

    • lumbinisanjal
    • २०८२ पुष १४, सोमबार २२:३३
    2.5K
    SHARES
    ल्होसारको पूर्वसन्ध्यामा बुटवलमा साँस्कृतिक पहिचानका झाकी

    बुटवल, १४ पुस । यस वर्ष गुरुङ समुदायले सर्प वर्गको बिदाइ तथा घोडा वर्गको स्वागत गर्दै परम्परागत पर्व तमू ल्होसार हर्षोल्लासका साथ मनाउदै छन् । तमू जातिको नयाँ वर्षका रूपमा मनाइने ल्होसार गुरुङ समुदायको प्रमुख सांस्कृतिक पर्व हो ।

    ल्होसारका अवसरमा गुरुङ समुदायले आफ्ना घरआँगन सरसफाइ गर्ने, विशेष परिकार तयार गर्ने, परम्परागत भेषभूषा तथा नृत्य–सांस्कृतिक कार्यक्रममार्फत आपसी सद्भाव र एकताको सन्देश फैलाउने गरेका छन् ।

    तमू (गुरुङ) जातिको छाता संगठन तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद तथा यसको भातृ संगठनहरू तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद र नेपाल तमू (गुरुङ) छोंज धीं को संयुक्त आयोजनामा २६ औँ आशिमाला (शुभकामना) आदान–प्रदान कार्यक्रम सहित विभिन्न कार्यक्रम सञ्चालन र ल्होसारको दिन पारेर सांस्कृतिक कार्यक्रम , बिशिस्ट व्यक्तिबाट विभिन्न कार्यक्रम गरिमे  तमू युवा ह्युल प्रदेश अध्यक्ष अर्जुन गुरुङले बताउनुभहो ।

    सोमबार ल्होसारको पूर्वसन्ध्यामा बुटवलमा साँस्कृतिक पहिचानका झाकीसहित निकालिएको र्यालीमा धेरै सहभागी भएका थिए । र्याली ट्राफिक चोक देखि रामनगर सम्म आएर समापन गरिएको    तमू युवा ह्युल जिल्ला अध्यक्ष सिद्धार्थ गुरुङले जानकारी दिनुभयो ।



    lumbinisanjal   
  • २०८२ पुष १४, सोमबार २२:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP