• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    क्यानडाका प्रधानमन्त्री भन्छन्, ‘अमेरिकासँगको पुरानो सम्बन्ध सकियो’

    • lumbinisanjal
    • २०८१ चैत्र १५, शुक्रबार ०३:१०
    3.2K
    SHARES
    क्यानडाका प्रधानमन्त्री भन्छन्, ‘अमेरिकासँगको पुरानो सम्बन्ध सकियो’

    ओटावा, १५ चैत । क्यानडाका प्रधानमन्त्री मार्क कानीले अर्थतन्त्रका साथमा कडा सुरक्षा र सैन्य समन्वयको आधारमा अमेरिकासँग रहेको पुरानो सम्बन्ध सकिएको बताएका छन्। क्याबिनेट बैठकपछि ओटावामा पत्रकारको माझमा बोल्दै उनले अमेरिकाले लिएको नयाँ करको नीतिपछि क्यानडाले अर्थतन्त्रकै बारेमा नयाँ ढङ्गले सोच्ने अवस्था आएको बताए।

    उनले क्यानडाले अमेरिकालाई असर गर्ने गरी प्रतिशोधात्मक कर नीति लिने बताए। ट्रम्पले बुधबार कार र यसका पाटपुर्जामा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि कार्नीको यो प्रतिक्रिया आएको हो। लिबरल पार्टीका नेता कार्नीले सन् १९६५ मा भएको अटोमोटिभ उत्पादनका विषयमा भएको अमेरिका र क्यानडाको सम्झौता दुवै देशका लागि सधैँका लागि उपयुक्त साबित भएको बताए।

    उनले अमेरिकाको निर्णयपछि पनि उही ढङ्गले बजारमा रहनका लागि सबै व्यवसायीले पनि नयाँ ढङ्गले सोच्न आवश्यक रहेको बताए। अन्य साझेदारसँगको सम्बन्ध बारे पनि पुर्नविचार गर्दै क्यानडाले बजारमा प्रभाव जमाउन आवश्यक रहेको कुरामा उनले आफ्नो मत राखे। यसअघि बिहीबार बिहान नै ट्रम्पले अमेरिका र युरोपेली शक्ति मिलेर क्यानडासँग नयाँ व्यापार युद्ध सुरु गरिसकेको बताएका थिए। अमेरिकामा सबै भन्दा धेरै कार निर्यात गर्ने मेक्सिकोकी राष्ट्रपति क्लाउडियो सियनबउमले ३ अप्रिल कै दिनदेखि लागु हुनेगरी मेक्सिकोले पनि आन्तरिक तयारी गरेको बताएकी छिन्। उनले ती सबै विवरण भने खुलाइनन्।



    lumbinisanjal   
  • २०८१ चैत्र १५, शुक्रबार ०३:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP