• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    स्थापना दिवसलाई रचनात्मक बनाउँदै चारपालाबासीद्वारा रक्तदान कार्यक्रम

    • lumbinisanjal
    • २०८२ फाल्गुन ७, बिहीबार ०९:४५
    3.2K
    SHARES
    स्थापना दिवसलाई रचनात्मक बनाउँदै चारपालाबासीद्वारा रक्तदान कार्यक्रम

    बुटवल, ०७ फागुन । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले आफ्नो आठौँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

    जिल्लाको गुल्मीदरबार गाउँपालिका–चारपालाबाट रुपन्देहीमा आई विभिन्न पेशा, व्यवसाय तथा कर्मथलो बनाई बसोबास गरिरहेका चारपालाबासीहरूको साझा संस्था समाजले स्थापना दिवसलाई रचनात्मक कार्यसँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गरेको हो।

    कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष हुमनाथ ज्ञवालीले रक्तदानजस्तो पवित्र कार्यमार्फत समाजले मानवसेवाको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। “रक्तदान गर्नु भनेको जीवनदान गर्नु सरह हो,” उहाँले भन्नुभयो, “यस कार्यले समाजप्रति संस्थाको उत्तरदायित्व झल्काएको छ।”

    समाजका अध्यक्ष हीराधर अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो। कार्यक्रम संस्थाका सचिव एवं कार्यक्रम संयोजक विकास टण्डनले सञ्चालन गर्नुभएको थियो।

    कार्यक्रममा सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारी, वडा संयोजकहरू, आजीवन सदस्य, साधारण सदस्य तथा रक्तदाताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    समाजका सचिव एवं कार्यक्रम संयोजक विकास टण्डनका अनुसार रक्तदान कार्यक्रमबाट ४२ युनिट रगत संकलन गरिएको छ।
    समाजले स्थापना दिवसका अवसरमा प्रत्येक वर्ष सामाजिक तथा रचनात्मक कार्यक्रमहरू गर्दै आएको जनाएको छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ७, बिहीबार ०९:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP