• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘फाइल छ भनेर घुर्क्याउने रवि शैली दोहोरियो’ – शिवाकोटीको बस्नेतमाथि प्रहार

    • lumbinisanjal
    • २०८२ असार १९, बिहीबार १९:२६
    4.9K
    SHARES
    ‘फाइल छ भनेर घुर्क्याउने रवि शैली दोहोरियो’ – शिवाकोटीको बस्नेतमाथि प्रहार

    बुटवल ,१९ असार । नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतमा सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेको ‘भेरियन्ट’ देखिएको टिप्पणी गरेका छन् ।

    कांग्रेसको केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा उनले केन्द्रीय सदस्य बस्नेतमा हाल पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेको ‘भेरियन्ट’ देखिएको टिप्पणी गरेका हुन् ।

    ‘केही समयअघि सहकारी ठगी प्रकरणमा हाल पुर्पक्षका क्रममा कैदमा रहेका रवि लामाछानेले संसद्को रोष्ट्रममा उभिएर ‘आफूलाई फसाउन खोज्ने कांग्रेस नेता गगन थापाको पनि फाइल आफूसँग रहेको’ बताएका थिए,’ केन्द्रीय सदस्य शिवाकोटीले भने, ‘बुधबारको बैठकमा लामिछानेकै भेरियन्ट बस्नेतज्यूमा देखियो ।’

    उनले टेरामक्स प्रकरणमा मुछिएपछि विशेष अदालतले धरौटीमा रिहा गरेका बस्नेतलाई आफूसँग फाइल छ भनेर घुर्की नदेखाउन पनि चेतावनी दिए ।

    ‘लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतज्यूलाई मेरो आग्रह छ तपाईं फाइल छ, फाइल छ भनेर किन घुक्र्याइ रहनुभएको छ ?,’ शिवाकोटीले प्रश्न गरे, ‘थर्काउने पनि अनि महामन्त्री थापालाई अतिरिक्त माया किन देखाइरहनुभएको छ रु थापाले भ्रष्टाचार गरेको फाइल छ भने किन अनुसन्धान गर्ने सम्बन्धित निकायमा नदिएको ?’ ।

    उनले महामन्त्री गगनकुमार थापालाई कारबाही भएको देख्ने चाहना भए कानुनी प्रक्रियामा जान पनि सुझाव दिए ।

    ‘तपाईं आफू डामिसक्नुभएको छ । महामन्त्रीलाई पनि कारबाही भएको देख्न चाहनुहुन्छ भने कानुनी प्रक्रियामा जानुस्,’ शिवाकोटीले भने, ‘हामीलाई फोहोर नभएको पार्टी चाहिएको छ । भ्रष्टाचारको आहालमा डुबेको पार्टी चाहिएको छैन । थापाजी दोषी देखिए भोग्नुहोला । हैन भने धम्क्याउने राजनीति बन्द गर्नुस् ।’

    बैठकमा भाषण राख्ने क्रममा नेता शिवाकोटीले बुधवारको बैठकलाई महाभारतमा पौराणिक पात्र धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरणसँग तुलना गरे ।

    ‘महाभारतमा कुलको मर्यादालाई निर्वस्त्र गर्ने प्रयास भएको थियो भने कांग्रेस सभामा महामन्त्रीलाई मर्यादाहीन आरोप लगाएर सो पदको गरिमा धुलिसात बनाउँदै चरित्रहत्या गरिएको थियो,’ उनले भने, ‘अनि धृतराष्ट्रको सभाका सदस्य दुर्योधनसँग लाचार भएजस्तै हामी भ्रष्टाचारका एक आरोपितसँग लाचार भइरहेका थियौँ ।’



    lumbinisanjal   
  • २०८२ असार १९, बिहीबार १९:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP