• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिकोत्सवमा रक्तदान : ५९ पिन्ट रगत संकलन

    • lumbinisanjal
    • २०८३ जेष्ठ २१, बिहीबार १७:१५
    208
    SHARES
    हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिकोत्सवमा रक्तदान : ५९ पिन्ट रगत संकलन

    बुटवल, २१ जेठ । “सुरक्षा अटल, भविष्य सबल” भन्ने मूल नाराका साथ हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

    हिमालयन लाइफ इन्स्योरेन्स लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला कार्यसमिति रुपन्देहीको सहकार्यमा सम्पन्न कार्यक्रममा ५९ पोइन्ट रगत संकलन भएको हिमालयन लाइफ इन्स्योरेन्सका प्रदेश उपप्रमुख जुना कुँवरले जानकारी दिनुभयो।

    कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले रक्तदान जीवनदान भएकाले नियमित रक्तदान संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो।

    हिमालयन लाइफ इन्स्योरेन्सका विभिन्न शाखा प्रमुख, अभिकर्ता तथा रक्तदानको महत्व बुझेका विभिन्न क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा प्रदेश प्रमुख बुद्धबहादुर सूर्यवंशी, प्रदेश उपप्रमुख शिव कुमाललगायतले रक्तदानको महत्व र संस्थाले समाजप्रति निर्वाह गरिरहेको उत्तरदायित्वबारे धारणा व्यक्त गर्नुभएको थियो।

    रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा रक्तदाताहरूलाई सम्मानसमेत गरिएको थियो। सहभागीहरूले रक्तदानमार्फत मानवीय सेवामा योगदान दिन पाउँदा खुसी लागेको बताएका थिए।

     



    lumbinisanjal   
  • २०८३ जेष्ठ २१, बिहीबार १७:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP