• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कालिकोटको सुनार खोलामा एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु

    • lumbinisanjal
    • २०८२ चैत्र २५, बुधबार २३:३८
    598
    SHARES
    कालिकोटको सुनार खोलामा एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु

    कालीकोट, २५ चैत  । कालीकोटको खाँडाचक्र नगरपालिका-२ सुनार खोला नजिकै एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन्।

    जुम्लाको हिमा गाउँपालिकादेखि बिरामी लिएर सुर्खेत जाँदै गरेको हिमा गाउँपालिकाको क.प्र.०१००१ झ ००२४ नम्रबको एम्बुलेन्स कालीकोटको सुनार खोला नजिकै दुर्घटनामा भएको हो।

    दुर्घटनामा हिमा गाउँपालिकाका एम्बुलेन्स चालक २६ वर्षीया शक्ति शाही र सोही पालिकाका ३२ वर्षीया भिमराज अधिकारीको मृत्यु भएको प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले जानकारी दिनुभयो । घाइते हुनेमा हिमा गाउँपालिकाका लोकेन्द शाही र अक्कल अधिकारी रहेका छन् ।

    विरामी लिएर सुर्खेत जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको प्रहरी जनाएको छ। एम्बुलेन्समा चालक सहित ४ जना सवार थिए । घाइते दुई जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार हुँदैछ।



    lumbinisanjal   
  • २०८२ चैत्र २५, बुधबार २३:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP