• २०८३ आश्विन ७ | Wed, 23 Sep 2026
  • Dark Mode

          Subscribe

    वेष्ट्रन मेघा कलेज बुटवलमा निःशुल्क होटल व्यवस्थापन तालिम र फुड फेस्टिबल हुँदै 

    • lumbinisanjal
    • २०८२ जेष्ठ २९, बिहीबार १४:१९
    5.9K
    SHARES
    वेष्ट्रन मेघा कलेज बुटवलमा निःशुल्क होटल व्यवस्थापन तालिम र फुड फेस्टिबल हुँदै 

    बुटवल, २९ जेठ । पछिल्लो समय होटल व्यवस्थापनमा आफ्नो छुट्टै नाम कमाउन सफल पश्चिम नेपालको आर्थिक केन्द्र रुपन्देहीमा अवस्थित वेष्ट्रन मेघा कलेज बुटवल ढवाहाले नयाँ शैक्षिक सत्र संगै विविध कार्यक्रम गर्ने भएको छ ।

    बिहीबार कलेज परिसरमा पत्रकार सम्मेलन गरी नयाँ शैक्षिक सत्रको शुुरुवातसंगै १० दिने निःशुल्क होटल व्यवस्थापन तालिम, फुड फेस्टिबल तथा बिएचएमको नयाँ भर्ना समेत खुलाइएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्मा पौडेलले बताउनुभयो उहाँले असार १ गतेबाट निःशुल्क तालिम हुने र सेफ दिपक राउतले सहजिकरण गर्ने बताउनुभयो ।

    यसै गरी भदौ पहिलो हप्ता स्वाद र संस्कृति उत्सव नेपाली परिकार महाअभियान नारासहित फुड फेस्टिबल भदौ ४ देखि ६ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।

    कक्षा १२ को परीक्षा दिएर बसेका र १२ कक्षा उत्तीर्ण गरि बसेका विद्यार्थीहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो।

    सामाजिक उत्तरदायित्व अन्तरगत तालिम चलाउन र तालिममा २ सय विद्यार्थीहरू सहभागी हुने लक्ष्य रहेको उहाँले बताउनुभयो । यसै गरी नयाँ भर्नासँगै केही थप सुविधाहरू विद्यार्थीहरूलाई दिइने पनि जानकारी दिनुभयो ।

    विभिन्न देशको भ्रमण, तेस्रो सेमेष्टरमा व्यक्तित्व विकासको कक्षा, पाँचौ सेमिस्टारमा जापनिज भाषा र छैटौँ सेमेस्टारमा चाइनिज भाषा थप गरिएको उहाँले बताउनुभयो ।

    कलेजका अध्यक्ष मेघराज पन्थले सुरुवातमा बुटवल पश्चिममा नमुना रिर्सोट सञ्चालन गर्दै र आन्तरिक पर्यटन क्षेत्रसंग जोडेर दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित बि.सं २०७४ सालदेखि कलेज स्थापना गरिएको बताउनुभयो ।

    स्थापनाकालदेखि कलेजबाट ४५० जना होटल व्यवस्थापन विषयमा अध्ययन गरेर पास आउट भएको उहाँले बताउनुभयो ।

    हाल बिएचएम र एमबिए मा गरी कलेजमा ४ सय विद्यार्थीहरू अध्ययनरत छन् । यसै गरी कलेजमा असार ३ गते मंगलबार रक्तदान कार्यक्रम समेत राखिएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २९, बिहीबार १४:१९
  • #wetern mega college butwal

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP