• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस ललितपुरले कुपण्डोलबाट विशेष महाधिवेशनको जुलुस निकाल्ने

    • lumbinisanjal
    • २०८२ पुष २४, बिहीबार १३:५५
    1.4K
    SHARES
    कांग्रेस ललितपुरले कुपण्डोलबाट विशेष महाधिवेशनको जुलुस निकाल्ने

    काठमाडौं,२४ पुस । नेपाली कांग्रेस ललितपुर जिल्ला समिति विशेष महाधिवेशनको पक्षमा सक्रिय हुने गरी खुलेको छ ।

    पुस २७ र २८ का लागि भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनका लागि कुपण्डोलबाट प्रदर्शन सुरु हुने काठमाडौं जिल्ला समितिले जनाएको छ ।

    ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले कुपण्डोल, हनुमानस्थानमा भेला भई बाजागाजा, झाँकी सहितको र्‍यालीसहित भृकुटीमण्डप पुग्ने जानकारी गराएका छन् ।

    जिल्ला सभापति श्रेष्ठले दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन पार्टी पङ्तिलाई अनुरोध गरेका छन् । ‘२०८२ पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो बिशेष महाधिवेशनमा अनिवार्य उपस्थिति र सक्रिय सहभागिताको लागि ललितपुर जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई हार्दिक अनुरोध गर्दछौं’, श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन् ।



    lumbinisanjal   
  • २०८२ पुष २४, बिहीबार १३:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP