• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीको विकासले देशकै पहिचान बलियो बनाएको छ : बालकृष्ण खाण

    • lumbinisanjal
    • २०८२ पुष ७, सोमबार ०७:३५
    4.2K
    SHARES
    रुपन्देहीको विकासले देशकै पहिचान बलियो बनाएको छ : बालकृष्ण खाण

    बुटवल ,०७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेस जनताको सुख–दुःखमा सधैं साथ दिने पार्टी भएको बताउनुभएको छ।

    रुपन्देही क्षेत्र नम्बर ३ मा पर्ने बुटवल उपमहानगरपालिका साविक सेमलारका वडा नं. १७, १८ र १९ स्थित मोतिपुरमा आयोजित कांग्रेसको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले विकास निर्माणका विषयमा कांग्रेसले कहिल्यै कन्जुस्याइँ नगरेको स्पष्ट पार्नुभयो।

    शिक्षा, स्वास्थ्य, सडक, पुल, सिँचाइ, पर्यटन, कृषि तथा उद्योग–व्यवसायसँग सम्बन्धित पूर्वाधार विकासका महत्वपूर्ण आयोजना यस क्षेत्रमा सञ्चालन भएको उल्लेख गर्दै उहाँले ती आयोजनाले देशकै पहिचान मजबुत बनाएको बताउनुभयो।

    खाणले मानविय, सामाजिक तथा आर्थिक विकासमा टेवा पुग्ने दीर्घकालीन महत्वका योजना आफ्नो पहलमा ल्याइएको र ती योजना सम्पन्न गर्न पनि आफूले प्रभावकारी भूमिका खेलेको बताउनुभयो । तिनाउ र दानव नदीमा तटबन्धन, पुल निर्माण तथा सोह्र–छत्तीस सिँचाइ प्रणाली निर्माणको काम आफ्नै पहलमा अघि बढेको बताउँदै यसले जिल्लाको सिँचाइ क्षेत्रमा ठूलो फड्को मारेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा बोल्दै खाणले युवाहरूका माग समयमै सम्बोधन हुन नसक्दा देशमा ठूलो आन्दोलन सिर्जना भएको उल्लेख गर्नुभयो। तत्कालीन सरकारले युवाहरूका माग सम्बोधन गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र देशलाई सुशासनतर्फ लैजाने सहमति गरेको भए युवाहरूको आक्रोश यसरी नचुलिने उहाँले बताउनुभयो ।



    lumbinisanjal   
  • २०८२ पुष ७, सोमबार ०७:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP