• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

    • lumbinisanjal
    • २०८३ जेष्ठ ४, सोमबार ०७:१६
    494
    SHARES
    गुल्मीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

    गुल्मी, ४ जेठ । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगर छल्दीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको पल्सर मोटरसाइकल हिजो राती आफै अनियन्त्रित भई सडकबाट ३ मिटर तल पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्याङ्जा कालीगण्डकी–३ भुस्तुङका ३४ वर्षीय लक्ष्मण थापा र पछाडि सवार ४५ वर्षीय गिरमान सिंह रानाको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याएको थियो । मृतकहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ४, सोमबार ०७:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP