• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    वेस्टर्न मेगा कलेजको १० दिने नि:शुल्क होटल व्यवस्थापन तालिम सम्पन्न

    • lumbinisanjal
    • २०८२ असार ११, बुधबार १९:५२
    9.5K
    SHARES
    वेस्टर्न मेगा कलेजको १० दिने नि:शुल्क होटल व्यवस्थापन तालिम सम्पन्न

    बुटवल ,११ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नम्बर १५, ढवाहामा रहेको वेस्टर्न मेगा कलेजले १० दिने निःशुल्क होटल व्यवस्थापन तालिम समापन गरेको छ ।

    कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि विभिन्न विषयमा तालिम दिई उनीहरुको खाली समयलाई सदुपयोग गर्ने उद्देश्यले उक्त तालिम कार्यक्रम गरिएको हो ।

    उक्त कार्यक्रममा विद्यार्थीहरुलाई २ वटा ग्रुपमा विभाजन गरी (बेकरी र किचन) र (बारीष्टा, खाना र पेय पदार्थ) विषयमा तालिम प्रधान गरिएको थियो ।

    कार्यक्रममा सीप सँग जोडेर प्रदान गरिने शिक्षाले शिक्षासँगै रोजगारको समेत अवसर प्रदान गर्ने भएकोले उक्त कार्यक्रम संचालन गरी प्रशिक्षार्थीहरुलाई नयाँ सीप र ज्ञान हासिल गर्नमा ठूलो भुमिका खेलेको कलेजका प्राचार्य अधिवक्ता किसु शर्मा पौडेललेले जानकारी गराउनु भयो ।

    उक्त कार्यक्रममा कक्षा १२ को परीक्षा दिई बसेका रुपन्देही,नवलपरासी, स्याङ्गजा, पाल्पा, कपिलवस्तु, गुल्मी जिल्ला लगायतका १०१ जना विद्यार्थीले निःशुल्क तालिममा भाग लिनु भएको थियो बुधबार सहभागि विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरी कार्यक्रमको समापन गरिएको हो ।

    उक्त कार्यक्रमा कलेजका अध्यक्ष मेघदेव पन्थले कलेजको विषयगत तथा सिपमुलक शिक्षा आजको आवश्यकता रहेको र त्यसलाई वेस्टर्न मेगा कलेजले आत्मसाथ गरेको जानकारी गराउनु भयो । यस कलेजमा स्नातक तहमा बिएचएम र स्नाकोत्तर तहमा एमविए अध्ययन हुने र वर्ष २०८२ भर्ना खुलेको जानकारी गराउनु भयो ।



    lumbinisanjal   
  • २०८२ असार ११, बुधबार १९:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP