• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    टिपर दुर्घटना हुँदा ३ जनाको मृत्‍यु

    • lumbinisanjal
    • २०८१ फाल्गुन २३, शुक्रबार ०२:४२
    2.4K
    SHARES
    टिपर दुर्घटना हुँदा ३ जनाको मृत्‍यु

    काठमाडौं, २३ फाल्गुण ।  काठमाडौंको साँखुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मानिस सुतिरहेकै कोठामा टिपर पस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। शुक्रबार बिहान पौने ४ बजेतिर बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रवक्ता बोहोराको भनाइ छ ।

    प्रहरी प्रभाग साँखुका अनुसार टिपर बिहान ३ बजेर ४० मिनेट जाँदा शंखरापुर नगरपालिका वडा नम्बर ६ साँखुको सलम्बुटारमा दुर्घटना भएको हो । टिपर अनियन्त्रित भएर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुगेको थियो ।

    टिपरले ठक्कर दिएको टहरामा १० जना सुतिरहेकामध्ये सबै विवरण खुल्न नसकेका २१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजन गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको हो ।

    मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । उक्त टिपर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १२ का २५ वर्षीय सागर माझीले चलाएको खुलेको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २३, शुक्रबार ०२:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP