• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट गाउँपालिका–५, वस्तुमा सार्वजनिक सुनुवाई सम्पन्न

    • lumbinisanjal
    • २०८२ जेष्ठ १६, शुक्रबार १९:००
    5.7K
    SHARES
    धुर्कोट गाउँपालिका–५, वस्तुमा सार्वजनिक सुनुवाई सम्पन्न

    गुल्मी, १६ जेठ ।  गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर,५ वस्तुमा  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

    स्थानीय नागरिकबाट उठेका गुनासा, सुझाव र जिज्ञासाहरूलाई सम्बोधन गर्दै सरोकारवालाहरुले प्रत्यक्ष जवाफ दिएका छन् । कार्यक्रममा  गाउँपालिका अध्यक्ष भूपाल पोखरेल, वडा अध्यक्ष केशवराज भण्डारी, हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारी र वडा सचिव मिलन जीएमले जनताबाट उठेका प्रश्नहरूको जवाफ दिनु भएको थियो ।

    नागरिकले पछिल्लो समय कृषिकर्म गर्दा बादर र बँदेल लगायतका जंगली जनावरले दिएको सास्ती , विद्यालयमा देखिएको समस्यादेखि विकास निर्माणका ढिलाइ, स्वास्थ्य सेवाको अभाव, कृषिमा प्रविधिको अभावजस्ता विविध विषयमा स्पष्टरूपमा गुनासो राखेका थिए।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष पोखरेलले भन्नु भयो , “हामी प्रत्यक्ष जनतामाझँ आएर उहाँहरूको समस्या सुन्न र समाधानका लागि जवाफदेही हुन यस्तो कार्यक्रम गरेका हौँ । तपाईँहरूले गुनासो राख्न पाउनुभयो, हामीले जवाफ दिन पायौँ – यो नै लोकतन्त्रको सुन्दर अभ्यास हो।”

    वडा अध्यक्ष केशवराज भण्डारीले वडाले चालु आर्थिक वर्षमा गरेका विकास कार्य, आगामी योजनाहरू तथा बजेटको विषयमा विस्तृत रूपमा जानकारी गराउँनुभएको थियो । साथै उहाँले नागरिकको चासोका आधारमा प्राथमिकता तोक्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

    कार्यक्रममा स्वास्थ्य चौकी, विद्यालय व्यवस्थापन समिति, महिला समूह, कृषक समूह, जनप्रतिनिधि, युवाहरु लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको सहजीकरण तथा सञ्चालन पत्रकार बासुदेव पोखरेलले गर्नुभएको थियो ।

     



    lumbinisanjal   
  • २०८२ जेष्ठ १६, शुक्रबार १९:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP