• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अर्थमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं लगियो

    • lumbinisanjal
    • २०८१ फाल्गुन ३, शनिबार ०९:१६
    4.2K
    SHARES
    अर्थमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौं लगियो

    पोखरा, ३ फाल्गुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौं लगिएको छ । पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेललाई उप उपचारका लागि हेलिकप्टारमार्फत् काठमाडौंको कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको हो ।

    थप उपचारका लागि काठमाडौं उड्नै लाग्दाको तस्बिरमा अर्थमन्त्री पौडेलको बायाँ हातमा सेतो पट्टी (ब्यान्डेज) बेरिएको देखिएको छ । उनको अनुहारमा पनि आगोले पोलिएको तस्बिरमा देखिन्छ ।

    घोषणा समारोहमा बेलुन पड्किँदा उनी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगै घाइते भएका थिए । घाइते आचार्यको अनुहारमा पनि आगोले पोलिएर घाउ भएको छ ।

    प्रमुख अतिथिका रूपमा पौडेलले स्विच थिचेर बत्ती बालेपछि बेलुन उडाउने क्रममा बिजुलीको बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवै जनालाई चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ३, शनिबार ०९:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP