• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    महाकवि रोजगार मेला–२०२५: सुनवलमा ३० भन्दा बढी कम्पनी र सयौं विद्यार्थीबीच प्रत्यक्ष रोजगारी अवसर

    • lumbinisanjal
    • २०८२ भाद्र १५, आईतवार २०:३८
    3.5K
    SHARES
    महाकवि रोजगार मेला–२०२५: सुनवलमा ३० भन्दा बढी कम्पनी र सयौं विद्यार्थीबीच प्रत्यक्ष रोजगारी अवसर

    नवलपरासी, १५ भदौ । महाकवि देवकोटा क्याम्पस, सुनवलको Job Placement Cell को पहलमा आगामी महाकवि रोजगार मेला–२०२५ (Mahakavi Job Fair–2025) आयोजना हुने भएको छ।

    क्याम्पस परिसरमै हुने यो भव्य मेला भदौ १७ गते बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ।

    आयोजकका अनुसार मेलामा विभिन्न प्रतिष्ठित बैंक, बीमा कम्पनी, शैक्षिक संस्था, उत्पादन तथा सेवा क्षेत्रका ३० भन्दा बढी कम्पनीहरूको सहभागिता रहनेछ। यस अवसरमा करिब १५० भन्दा बढी विद्यार्थीले रोजगारीका अवसर पाउने अपेक्षा गरिएको छ।

    कार्यक्रम संयोजक केशव भण्डारीका अनुसार मेलाको मुख्य उद्देश्य युवालाई रोजगारीसँग प्रत्यक्ष जोड्ने र उनीहरूको सीप प्रदर्शनको अवसर दिनु हो।

    साथै रोजगारीदातालाई योग्य जनशक्ति छनोट गर्न सहज वातावरण मिलाउने मेलाको लक्ष्य रहेको बताउनुभयो।

    महाकवि देवकोटा क्याम्पसका प्रमुख नारायण प्रसाद ढकालका अनुसार यो मेला केवल रोजगारी खोज्ने प्लेटफर्म मात्र नभई Career Counseling, CV Writing, Interview Preparation जस्ता सीप अभिवृद्धिमा समेत उपयोगी बन्नेछ। उहाँले यस किसिमका रोजगार मेलाले शिक्षा र रोजगारीबीचको खाडल घटाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।



    lumbinisanjal   
  • २०८२ भाद्र १५, आईतवार २०:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP