• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    एसईईमा दीप बोर्डिङका ७ विद्यार्थीलाई ४ जीपीए, ‘नेपाल टपर’को इतिहासपछि फेरि ऐतिहासिक सफलता

    • lumbinisanjal
    • २०८३ बैशाख २९, मंगलवार १४:१४
    1.5K
    SHARES
    एसईईमा दीप बोर्डिङका ७ विद्यार्थीलाई ४ जीपीए, ‘नेपाल टपर’को इतिहासपछि फेरि ऐतिहासिक सफलता

    बुटवल,२९ वैशाख । बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै पुनः आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ । सार्वजनिक नतिजाअनुसार विद्यालयका ७ जना विद्यार्थीले ४.० जीपीए हासिल गर्दै राष्ट्रिय स्तरमै विद्यालयलाई गौरवान्वित बनाएका छन् ।

    विद्यालयका अनुसार ४ जीपीए ल्याउने विद्यार्थीहरूमा आशिका पाण्डे, बृशिका थापा क्षेत्री, दिम्पी केशरी, साहिल मण्डल, साम्पारन के.सी., सोमिन पियार र रिजन पोखरेल रहेका छन् ।
    दीप बोर्डिङले पछिल्ला वर्षहरूमा निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ । गत शैक्षिक वर्ष २०८०/८१ को कक्षा १२ विज्ञान संकायको परीक्षामा यसै विद्यालयका सञ्जोग राजभण्डारीले ३.९६ जीपीएसहित नेपाल प्रथम तथा उत्सव राज भट्टराईले ३.९५ जीपीएसहित नेपाल द्वितीय स्थान हासिल गरेका थिए । एउटै विद्यालयबाट राष्ट्रिय स्तरका शीर्ष दुई स्थान हासिल हुनु नेपाली शिक्षा क्षेत्रमा दुर्लभ उपलब्धि मानिन्छ ।

    विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले यो सफलता शिक्षक, विद्यार्थी र अभिभावकको सामूहिक मेहनतको प्रतिफल भएको बताउनुभयो । “एसईईमा ७ जनाले ४ जीपीए ल्याउनु र गत वर्ष कक्षा १२ मा राष्ट्रिय टपर उत्पादन गर्नुले विद्यालयको शिक्षण पद्धति, अनुशासन र गुणस्तर प्रमाणित गरेको छ,” उहाँले भन्नुभयो ।
    उहाँका अनुसार विद्यालयले विज्ञान र व्यवस्थापन दुवै संकायमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक र आधुनिक शिक्षण वातावरण उपलब्ध गराउँदै आएको छ ।
    विद्यालयका +२ कोर्डिनेटर कमल नेपालले निरन्तरको सफलताले दीप बोर्डिङलाई उच्च शिक्षाका लागि उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गरेको बताउनुभयो । “परिणाम आफैं बोल्छ । गत वर्ष राष्ट्रिय टपर यही विद्यालयबाट निस्किए भने यस वर्ष एसईईमा ७ जनाले ४ जीपीए ल्याएका छन्,” उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षा खोज्ने विद्यार्थीका लागि दीप बोर्डिङ उत्कृष्ट विकल्प बनेको छ ।”

    लगातारको शैक्षिक उपलब्धिसँगै दीप बोर्डिङ हाई स्कुल अहिले लुम्बिनी प्रदेश मात्र नभई देशकै अग्रणी शैक्षिक संस्थामध्ये एकको रूपमा स्थापित हुँदै गएको छ ।

     



    lumbinisanjal   
  • २०८३ बैशाख २९, मंगलवार १४:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP