• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ डीएसपी भण्डारीलाई प्रदान

    • lumbinisanjal
    • २०८२ कार्तिक १, शनिबार १२:४३
    3.8K
    SHARES
    ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ डीएसपी भण्डारीलाई प्रदान

    काठमाडौँ ,१ कार्तिक । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी यस वर्षको ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ बाट सम्मानित भएका छन् । भण्डारीलाई शुक्रबार ७०औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालमार्फत उक्त पुरस्कार प्रदान गरिएको हो ।

    प्यूठानमा जन्मिएका भण्डारीले २०६२ सालमा प्रहरी निरीक्षकका रूपमा सेवा सुरु गरेका थिए । सुर्खेत, दाङ, बारा, रुपन्देही, कपिलवस्तु, सल्यान, सुनसरी र काठमाडौंमा सेवा गरेका उनले २०७४ सालमा नायब उपरीक्षकमा पदोन्नति पाए ।

    उनी निरन्तर रूपमा अपराध अनुसन्धानमा सक्रिय रहँदै आएका छन् । भण्डारीले ६० किलो सुन तस्करी प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जन प्रकरण, बाँसबारी जग्गा प्रकरण लगायतका संवेदनशील अनुसन्धानमा भूमिका निर्वाह गरेका छन् । कपनकी व्यवसायी निरु पाण्डे आचार्यको हत्या देखि विभिन्न जिल्लाका हत्यासम्बन्धी अपराधका घटनामा अनुसन्धान गरेको उनको अनुभव छ । उनकी टिम पछिल्लो समय कर्णाली डेभलपमेन्ट बैंक घोटालाको अनुसन्धान गरेको थियो । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका भण्डारीको परिवार हाल बुटवलमा बसोबास गर्दै आएको छ । उनी परिवारको एक्ला छोरा हुन् । यसअघि भण्डारीले ‘पूर्ण शान्ति पुरस्कार’ सहित ३१ वटा पदक तथा प्रशंसा पत्रहरू प्राप्त गरिसकेका छन् । उनीसंग संयुक्त राष्ट्रसंघीय शान्ति मिसन खटिएको अनुभवसमेत छ ।

    सीआईबीमा दुई वर्षदेखि कार्यरत भण्डारीलाई सहकर्मीहरूले अनुशासित, अध्ययनशील र विश्लेषणमा दक्ष अनुसन्धान अधिकृतका रूपमा वर्णन गर्छन् ।

    दिवसको अवसरमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाइफटाइम अचिभमेण्ट अवार्ड’, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाकुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’ र नेपाल प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरेका थिए ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १, शनिबार १२:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP