• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा परी खत्रीको मृत्यु

    • lumbinisanjal
    • २०८२ बैशाख १४, आईतवार १७:०४
    1.7K
    SHARES
    अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा परी खत्रीको मृत्यु

    बुटवल , १४ बैशाख । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको ढुङ्गे देउरालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार अर्घाखाची सन्धिखर्क नगरपालिका- १० अर्घा मन्दिरबाट सन्धिखर्क तर्फ आउँदै गरेको लु. ६०. प. ९७८५ नं को मोटरसाइकल बाटोमा अनियन्त्रित भइ करिव २०|२५ मिटर तल खस्न जादाँ मोटरसाइकल चालक स्याङजा जिल्ला बालिङ नगरपालिका- ८ बस्ने बर्ष ६० का डम्बर बहादुर खत्रीको टाउकोमा चोट लाग्दा गम्भिर अवस्थामा उपचारको लागी जिल्ला अस्पताल सन्धिखर्कमा ल्याएपछि मृत घोषणा गरिएको प्रहरीले जानकारी दिएको छ ।

    मोटरसाइकल पछाडी सवार अर्घाखाची जिल्ला मालारानी गाउपालिका वार्ड नम्बर- ५ बागी बस्ने बर्ष २६ कि सुनिता खड्का हातखुट्टा र ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

    दुबै जनालाइ उपचारको लागी जिल्ला अस्पताल अर्घाखाचीमा पठाइएको थियो । मोटरसाइकल चालकलाई डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख १४, आईतवार १७:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP