• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    तराईमा हुस्सु–कुहिरो, पहाडमा मौसम सफा

    • lumbinisanjal
    • २०८२ पुष २३, बुधबार ०७:२३
    1.2K
    SHARES
    तराईमा हुस्सु–कुहिरो, पहाडमा मौसम सफा

    बुटवल ,२३ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि अधिकांश भूभागमा मौसम सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु लागेको छ।

    आज दिउँसो तथा राति तराईका धेरै स्थानमा हुस्सु र कुहिरो रहने सम्भावना छ भने पहाडी तथा हिमाली भूभागमा मौसम प्रायः सफा रहनेछ। हुस्सु–कुहिरोका कारण जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



    lumbinisanjal   
  • २०८२ पुष २३, बुधबार ०७:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP