• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    अत्यधिक गर्मीका कारण तिलोत्तमाका विद्यालय ६ दिन बन्द

    • lumbinisanjal
    • २०८३ जेष्ठ २२, शुक्रबार १४:११
    1.1K
    SHARES
    अत्यधिक गर्मीका कारण तिलोत्तमाका विद्यालय ६ दिन बन्द

    तिलोत्तमा, २२ जेठ । पछिल्ला केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य तथा पठनपाठनमा प्रतिकूल असर पर्न थालेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा ६ दिन बिदा दिने निर्णय गरेको छ।

    नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार असहज गर्मीका कारण विद्यालय सञ्चालन गर्न कठिन भएको भन्दै वार्षिक बिदाबाट मिलान हुने गरी जेठ २४ गतेदेखि जेठ २९ गतेसम्म सबै विद्यालयमा बिदा दिइएको हो।

    नगरपालिकाले विद्यार्थी, अभिभावक तथा सम्बन्धित सरोकारवालाहरूलाई उक्त निर्णयबारे जानकारी गराउँदै निर्धारित अवधिपछि विद्यालय नियमित रूपमा सञ्चालन हुने जनाएको छ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २२, शुक्रबार १४:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP