• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशद्वारा नयाँ सदस्यता तथा नवीकरण गर्न आग्रह, असोज २ गते निर्वाचन हुँदै

    • lumbinisanjal
    • २०८३ जेष्ठ २२, शुक्रबार १७:०४
    13
    SHARES
    नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशद्वारा नयाँ सदस्यता तथा नवीकरण गर्न आग्रह, असोज २ गते निर्वाचन हुँदै

    बुटवल, २२ जेठ । नेपाल इन्जिनियर्स एशोसिएसन, लुम्बिनी प्रदेश कार्यकारिणी समितिले इन्जिनियरहरूलाई समयमै सदस्यता लिन तथा नवीकरण गर्न आग्रह गरेको छ। एशोसिएसनले एक अत्यावश्यक सूचना जारी गर्दै आगामी असोज २ गते हुने ३४औँ कार्यकारिणी समितिको निर्वाचन मा सहभागी हुन २०८३ जेठ मसान्तभित्र नयाँ सदस्यता लिन वा नवीकरण गरिसक्नुपर्ने जनाएको हो।

    एशोसिएसनका सभापती ई . महेस्वर लम्सालका अनुसार इन्जिनियरहरूको पेशागत हक, हित, सुरक्षा, क्षमता अभिवृद्धि तथा अवसर विस्तारका लागि संस्था निरन्तर क्रियाशील रहेको छ। आगामी निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न र योग्य नेतृत्व चयन गर्न सदस्यता अनिवार्य भएकाले सबै इन्जिनियरलाई समयमै प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ।

    संस्थाले आजीवन सदस्य, जनरल सदस्य तथा रिन्यु गर्न चाहने इन्जिनियरहरूलाई नेपाल इन्जिनियर्स एशोसिएसनको वेबसाइटमार्फत आवेदन दिन आग्रह गरेको छ।

    साथै इन्जिनियरहरूलाई संस्थागत गतिविधि, पेशागत विकास, विभिन्न अनुसन्धानमूलक कार्यक्रम तथा सामूहिक सहभागिताका अवसरमा जोडिन पनि सदस्यता आवश्यक रहेको जनाएको छ।
    सदस्यता तथा नवीकरण सम्बन्धी थप जानकारीका लागि लुम्बिनी प्रदेशका पदाधिकारीहरूसँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।  



    lumbinisanjal   
  • २०८३ जेष्ठ २२, शुक्रबार १७:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP