• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, ९ घाइते

    • lumbinisanjal
    • २०८२ कार्तिक २, आईतवार १५:२८
    2.7K
    SHARES
    मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, ९ घाइते

    कैलाली, २ कात्तिक  । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

    बर्दगोरिया गाउँपालिका-४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त. ४९५१ नम्बरको ट्याक्टर लम्कीचुहा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो ।

    इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका नौ जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि लम्की स्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २, आईतवार १५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP