• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    वेस्टर्न मेगामा तनाव व्यवस्थापन र ध्यानसम्बन्धी तीनदिने कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८३ भाद्र ८, सोमबार १२:४३
    39
    SHARES
    वेस्टर्न मेगामा तनाव व्यवस्थापन र ध्यानसम्बन्धी तीनदिने कार्यक्रम सम्पन्न

     

    बुटवल । रुपन्देहीको बुटवलस्थित वेस्टर्न मेगा कलेजमा बीएचएम तथा एमबीए तहमा अध्ययनरत विद्यार्थी, सञ्चालक समिति, प्राध्यापक तथा कर्मचारीलाई लक्षित गरी Stress Management Technique and Meditation Program २०२६ सम्पन्न भएको छ।

    प्रख्यात Certified Hypnotherapist तथा Shamanic Healer डा. लक्ष्मण भण्डारीको मुख्य प्रशिक्षण तथा सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको थियो। प्रशिक्षणका क्रममा आधुनिक जीवनशैलीमा देखिने मानसिक तनाव, चिन्ता तथा अनिद्राजस्ता समस्याको पहिचान, ध्यानमार्फत तनाव व्यवस्थापन गर्ने उपाय, माइन्डफुलनेस तथा सकारात्मक सोच विकासका व्यावहारिक विधिबारे प्रशिक्षण दिइएको थियो।

    कार्यक्रममा सहभागीहरूले डा. भण्डारीको निर्देशनमा ध्यान तथा तनाव व्यवस्थापनसम्बन्धी विभिन्न व्यावहारिक अभ्यासमा सक्रिय सहभागिता जनाएका थिए। सहभागीहरूले आफ्ना जिज्ञासा तथा समस्याबारे प्रशिक्षकसँग अन्तरक्रिया समेत गरेका थिए।
    कार्यक्रमका अवसरमा कलेजका अध्यक्ष मेधराज पन्तले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै उनीहरूको मानसिक तथा बौद्धिक विकासका लागि जीवनोपयोगी र व्यावहारिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। दैनिक अध्ययन तथा व्यस्त दिनचर्याका कारण उत्पन्न हुने मानसिक दबाबलाई न्यूनीकरण गर्दै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीको मानसिक एवं शारीरिक स्वास्थ्य सबल बनाउन तथा सकारात्मक ऊर्जा, एकाग्रता र कार्यक्षमता अभिवृद्धि गर्न कार्यक्रम प्रभावकारी र समयसान्दर्भिक रहेको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले बताउनुभयो।

    यसैबीच, कलेजले स्नातक तहमा ४ वर्षे BIT तथा BHM र स्नातकोत्तर तहमा २ वर्षे MBA अध्यापन गराउँदै आएको जनाएको छ। कलेजले २०८३ सालका लागि भर्ना समेत खुला गरेको जानकारी दिएको छ।



    lumbinisanjal   
  • २०८३ भाद्र ८, सोमबार १२:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP