• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    कक्षा १२ को नतिजा : ६१.१७% उत्तीर्ण,३८.८३% ननग्रेड र ग्रेड वृद्धि परीक्षा भदौ २८र२९

    • lumbinisanjal
    • २०८२ श्रावण १९, सोमबार १८:४२
    6.9K
    SHARES
    कक्षा १२ को नतिजा : ६१.१७% उत्तीर्ण,३८.८३% ननग्रेड र ग्रेड वृद्धि परीक्षा भदौ २८र२९

    काठमाडौं ,१९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने जानकारी गराए ।

    आज मात्रै कक्षा १२ को परीक्षाको नजिता सार्वजिनक भएको छ । सो क्रममा उनले ग्रेड वृद्धि परीक्षाबारे जानकारी गराएका हुन् ।

    सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।

    परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।



    lumbinisanjal   
  • २०८२ श्रावण १९, सोमबार १८:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP