• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    क्यान महासंघ रुपन्देहीको शुभकामना आदानप्रदान संगै क्यालेन्डर विमोचन

    • lumbinisanjal
    • २०८२ बैशाख २, मंगलवार २२:१२
    3.9K
    SHARES
    क्यान महासंघ रुपन्देहीको शुभकामना आदानप्रदान संगै क्यालेन्डर विमोचन

    बुटवल , २ बैशाख । क्यान महासंघ रुपन्देहीले नयाँ बर्ष २०८२ सालको पावन अवसरमा शुभकामना आदानप्रदान तथा टेबल क्यालेन्डर विमोचन गरेको छ ।

    क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान महांसघका केन्द्रीय सदस्य नारायण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र बिशिस्ट अतिथि क्यान महासंघकै केन्द्रीय सदस्य धुर्वराज शर्माको रहेको थियो ।

    प्रमुख अतिथी श्रेष्ठले पछिल्लो समय क्यान महासंघ रुपन्देहीले संस्थागत हितका लागि गरेका हरेक गतिविधिहरुको खुलेर प्रशंसा गर्नुभएको थियो । उहाँले आइटीको क्षेत्रमा र आफ्ना संस्थामा आवद्ध भएका व्यवसायी साथीहरुलाई थप क्रियाशिल बनाउन लागेको क्यान रुपन्देहीको कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    विशिष्ट अतिथी शर्माले देशभरमै उदाहरणीय शाखाको परिचय बटुल्न सफल क्यान महासंघ रुपन्देहीलाई उत्तरोत्तर प्रगती संगै थप रचनात्मक क्रियाकलाप गर्न अनुरोध गर्नुभएको थियो ।

    कार्यक्रममा शुभकामना मन्तव्य क्यान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नारायण प्रसाद खनाल , क्यान महासंघ रुपन्देहीका पुर्व अध्यक्ष रामुदेव गौतम लगायतले बोल्दै सधाका वर्ष झै क्याकेन्डर प्रकाशन गरेकोमा प्रसंसा र धन्यवाद दिएका थिए ।

    क्यान महासंघ रुपन्देहीका सचिब सुरेशचन्द्र भट्टराईले टेवल क्यालेन्डर प्रकाशन गर्न सहयोग गर्ने सम्पुर्ण दाता, सहयोगी एवं सवैमा हार्दिक आभार सहित कार्यक्रममा उपस्थित हुनुहुने सम्पुर्णप्रती धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारीले क्यालेन्डर प्रकाशनका लागि संयोजकको भुमिका निर्वाह गर्ने सदस्य कृष्ण घिमिरे लगायतलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो साथै उहाँले क्यान महासंघ रुपन्देहीले रास्टृय संचार तथा सुचना प्रबिधि दिवश मे २ ( National ICT Day -2025 ) को अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने र लुम्बिनी प्रदेश सरकार , बुटवल उपमहानगर र अन्य स्थानिय सरकार संग समन्वय गरि ICT सेमिनार , digital साक्षरता कार्यक्रम , रक्तदान कार्यक्रम साथै प्रभातफेरी आयोजना गर्ने बताउनुभएको थियो ।

    कार्यसमिति सदस्य ,उपसमिति र आजिवन सदस्यहरुको उपस्तिथि रहेको कार्यक्रमको सञ्चालन सचिब सुरेशचन्द्र भट्टराईको रहेको थियो ।



    lumbinisanjal   
  • २०८२ बैशाख २, मंगलवार २२:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP