• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    पक्लिहवा मा.विमा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी

    • lumbinisanjal
    • २०८२ जेष्ठ १०, शनिबार १०:३८
    3.7K
    SHARES
    पक्लिहवा मा.विमा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी

    भैरहवा ,१० जेठ। पक्लिहवा माद्यामिक बिद्यालयमा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी शुक्रबार सम्पन्न भएको छ । पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा नमुना एकिकृत विकास परिषद,भैरहवाको प्राविधिक सहयोगमा विद्यार्थीहरुको ‘मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी गोष्ठी’ सम्पन्न भएको छ ।

    विद्यालयका सह–प्रधानाध्यापक शेर बहादुर थापाको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी एवम नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका सभापति सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले यस्ता कार्यक्रमले विद्यार्थीहरु भित्र सुसुप्त रुपमा रहेका भावनालाई उजागर गर्न प्रेरित गर्ने, एक्लोपना, तनाव, डराउने, निद्रामा गडबढी आदिको व्यवस्थापनमा उनीहरुलाई मद्वत पुग्ने भएकोले अमुल्य जीवनको महत्वलाई आत्मसाथ गर्दै सकारात्मक र श्रृजनात्मक क्रियाकलापमा अग्रसर हुन प्रेरित गर्ने बताउनुभयो ।

    कार्यक्रममा नमुना एकिकृत विकास परिषद, भैरहवाकी सहजकर्ता राजेश जि।सी। र विनीका बुचा मगरले कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई मनोसामाजिक सुस्वास्थ्य भनेको के हो रु मनोसामाजिक समस्या कस्ता हुन्छन्, यसका गंभिरता कसरी पत्ता लगाउने, यसका कारण, लक्षण र असर कस्ता हुन्छन्, मनोविमर्श के, किन र कसको लागि रु यसका मान्यता, स्व–हेरचाह र आत्म–हेरचाह आदिका बारेमा परामर्श तथा ज्ञान प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा विद्यालयका शिक्षिका गिता पौडेल, शिक्षक बासुदेव घिमिरे, प्रकाश भुर्तेल लगायतको सहभागिता रहेको थियो भने नमुना एकिकृत विकास परिषदको तर्फबाट विद्यालयलाई पानी खाने जार, सरसफाईका विभिन्न सामाग्रीहरु पनि प्रदान गरिएको थियो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १०, शनिबार १०:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP