• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    अक्सफोर्ड स्कुलको स्वागत समारोह लुम्बिनीमा सम्पन्न, हास्य कलाकार गजुरेल र मोटिभेसनल स्पिकर अधिकारीको विशेष प्रस्तुति

    • lumbinisanjal
    • २०८२ श्रावण १९, सोमबार १०:५४
    3.1K
    SHARES
    अक्सफोर्ड स्कुलको स्वागत समारोह लुम्बिनीमा सम्पन्न, हास्य कलाकार गजुरेल र मोटिभेसनल स्पिकर अधिकारीको विशेष प्रस्तुति

    बुटवल,१९ साउन । बुद्ध जन्मस्थल लुम्बिनीमा एक भव्य कार्यक्रमको आयोजना गरी अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरेको छ ।

    कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका हुन् । लुम्बिनी स्थित ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलमा विद्यार्थीहरूलाई स्वागत गरिएको छ ।

    चर्चित हास्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुतिका साथ विद्यार्थीहरूलाई स्वागत गर्दै शैक्षिक सफलताको शुभकामना दिइएको थियो ।

    हास्यव्यङ्ग्यका माध्यमबाट गजुरेलले विद्यार्थी तथा शिक्षक–शिक्षिकालाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। गजुरेलको प्रस्तुतिसँगै कक्षा १२ का विद्यार्थीहरूले विभिन्न नृत्य र सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्दै नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका थिए।

    स्वागत कार्यक्रममा मोटिभेसनल स्पिकर उपेन्द्र अधिकारीले विद्यार्थीहरूलाई पढाइप्रति आकर्षित गर्न र शैक्षिक जीवनमा सफलता हासिल गर्न विभिन्न प्रेरणादायी विचारहरू प्रस्तुत गरे ।

    गौतम बुद्धको पावन भूमि शान्ति र आध्यात्मिकताको मुहान, जहाँबाट बुद्ध दर्शनको ज्योति फैलिएको मानव जातिको लागि प्रेरणा र शान्तिको सन्देश दिने पवित्र भूमिमा आयोजना गरिएको स्वागत समारोहले विद्यालयको शैक्षिक वातावरणलाई थप जीवन्त बनाउँदै विद्यार्थीहरू बिचको सम्बन्धलाई मजबुत बनाएको भन्दै उपस्थित सम्पूर्णमा प्राध्यापक सुमन भुसालले विद्यालयका तर्फबाट स्वागत गरेका थिए।

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसाले केही वर्षभित्रै अक्सफोर्डलाई विदेशी विद्यार्थीले समेत पढ्न आउने वातावरण निर्माण गर्ने आफ्नो लक्ष्य रहेको र यसलाई साकार पारेरै छाड्ने दृढता व्यक्त गर्दै त्यसको गृहकार्यमा आफूहरू लागेको बताउँदै अबको केही वर्षमा अक्सफोर्ड विदेशी विद्यार्थीहरूले पठन आउने थलो बन्नेमा विश्वस्त रहन आग्रह गरे ।

    राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले अक्सफोर्डले विगतदेखि नै उत्कृष्ट रिजल्ट ल्याउँदै आएको स्मरण गर्दै यही महिनाभित्र आउने कक्षा १२ को रिजल्टमा पनि नेपाल प्रथम भई उत्कृष्टता हासिल गर्नेमा आफू विश्वस्त रहेको बताए ।

    कक्षा १२ का विद्यार्थी सन्देश भण्डारीको अध्यक्षता भएको कार्यक्रममा अभिभावक संघ केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारी, प्रमुख मनोज मरासिनी, क्याम्पस अध्यक्ष अजित खनाल , कोडिनेटर नारायण सापकोटा, भरत क्षेत्री, बालकृष्ण पोखरेल लगायतको आतिथ्य रहेको थियो।

    कार्यक्रमको सञ्चालन विद्यार्थी द्वय विज्ञान हमाल र निकिता चौहानले गरेका थिए भने कार्यक्रमको संयोजनको जिम्मेवारी झविन्द्र मरासिनीले सम्हालेका थिए।



    lumbinisanjal   
  • २०८२ श्रावण १९, सोमबार १०:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP