• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    सिद्धार्थ गौतम बुद्ध क्याम्पसको क्याम्पस प्रमुखमा चापागाईं

    • lumbinisanjal
    • २०८१ चैत्र २२, शुक्रबार ०८:४७
    4.6K
    SHARES
    सिद्धार्थ गौतम बुद्ध क्याम्पसको क्याम्पस प्रमुखमा चापागाईं

    बुटवल , २२ चैत । सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलको क्याम्पस प्रमुखमा गोपाल चापागाईं नियुक्त भएका छन् ।

    क्याम्पसका उप-प्राध्यापक समेत रहेका उनि पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय सदस्य एवं क्याम्पस इकाई समितिका सभापति हुन् ।

    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मल प्रसाद लाक्यौल लगायतका पदाधिकारी एवम सदस्यहरुको शुक्रबार बसेको बैठकले निर्णय गर्दै चापागाईंलाई क्याम्पसको क्याम्पस प्रमुख पदमा नियुक्ति गरेको हो ।

    चापागाईं बि.स. २०६६ साल देखि सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा आवद्ध छन् । उनि क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न क्याम्पसको विभिन्न शाखाका डिपार्ट प्रमुख हुँदै आएका थिए । चापागाईं, विद्यार्थीका प्रिय र प्राध्यापकबिच सुमधुर सम्बन्ध स्थापित गर्दै आएका छन् ।

    पश्चिम नेपालको लोकप्रिय क्याम्पसको प्रतिष्ठा बनाएको सिद्धार्थ क्याम्पस विश्व विद्यालय अनुदान आयोग(UGC) बाट क्विएए (QAA) प्राप्त क्याम्पस हो ।



    lumbinisanjal   
  • २०८१ चैत्र २२, शुक्रबार ०८:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP