• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    अर्घाखाँची जिप दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

    • lumbinisanjal
    • २०८१ चैत्र २४, आईतवार ०२:५८
    3.2K
    SHARES
    अर्घाखाँची जिप दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

    अर्घाखाँची, २४ चैत । अर्घाखाँचीमा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    मालारानी–३ लुटीपोखरीबाट मालारानी–४ खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा सात जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरिएको प्रहरी निरिक्षक मरासिनीले जानकारी दिए ।

    अन्य दुई घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र २४, आईतवार ०२:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP