• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    सुदूरपश्चिम र लुम्बिनीमा तापक्रम ४० डिग्री नाघ्ने सम्भावना, घरभित्रै बस्न चेतावनी

    • lumbinisanjal
    • २०८३ जेष्ठ ९, शनिबार ११:१२
    559
    SHARES
    सुदूरपश्चिम र लुम्बिनीमा तापक्रम ४० डिग्री नाघ्ने सम्भावना, घरभित्रै बस्न चेतावनी

    बुटवल ,९ जेठ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री नाघ्ने र अत्यधिक गर्मी हुने सम्भावना देखिएकाले स्थानीयलाई सतर्कता अपनाउन सुझाव दिएको छ।

    मौसम महाशाखाका अनुसार कम्तीमा आइतबारसम्म उल्लिखित स्थानमा ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने तथा थोरै स्थानमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी हुने सम्भावना छ।

    मौसम महाशाखाले शुक्रबार साँझ नै जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी बुलेटिन-३’ मा भनिएको छ, ‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आगामी ३ दिनसम्म मध्यम तातो लहर (Heat wave) तथा पहाडी भूभागमा तातो दिन (Hot Days) हुने सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

    मौसम महाशाखाका अनुसार तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने आदि हुन सक्छ।

    त्यसैले त्यसबाट बच्न यस्ता उपाय अपनाउन सकिन्छ:

    -तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने

    -बाहिरी वातावरणमा बढी नजाने

    -चर्को घाममा बाहिर ननिस्किने

    -हल्का लुगा (सुतीको कपडा) लगाउने

    -बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने

    -नियमित (पटक-पटक ) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिने



    lumbinisanjal   
  • २०८३ जेष्ठ ९, शनिबार ११:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP