• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    कर्मचारीहरूलाई दलनिकट संगठन बनाउन दिनु हुँदैन- प्रवक्ता गुरुङ

    • lumbinisanjal
    • २०८२ बैशाख २३, मंगलवार १६:२७
    1.7K
    SHARES
    कर्मचारीहरूलाई दलनिकट संगठन बनाउन दिनु हुँदैन- प्रवक्ता गुरुङ

    काठमाडौं, २३ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीहरूलाई दलैपिच्छेको संगठन बनाउने अधिकार दिन नहुने बताएका छन् । ‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ विषयक अन्तरक्रिया कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा सरकारका प्रवक्तासमेत रहेका गुरूङले यस्तो बताएका हुन् ।

    उनले विगतमा निरङ्कुशताविरुद्धमा सबै लड्नुपर्ने अवस्थामा संगठन बनाउन दिइए पनि लोकतन्त्रमा कर्मचारीका लागि दलैपिच्छेको संगठन बनाउन दिन नहुने बताएका हुन् । उनले नेपाल शिक्षक महासंघको आन्दोलनबारे पनि टिप्पणी गरेका छन् ।

    ‘अब चाहिँ दलहरूले भन्न सक्नुपर्छ–हिजो अधिकारको आन्दोनलको एउटा चरण थियो, सबै लागेका थियौँ, निरङ्कुशताविरुद्ध । अब लोकतन्त्र आइसक्यो । लोकतन्त्रमा दलैपिच्छेको संगठन बनाउने अधिकार कर्मचारीलाई दिनु हुँदैन’, उनले भने, ‘यसले हाम्रो कर्मचारीतन्त्रलाई सुशासन कायम गर्ने कुरामा बाधा गर्‍यो । एउटा मन्त्रीले मेरिटोक्रेशीमा विश्वास गरेर काम गर्छु भन्यो भने सक्छ ? सक्दैन । हाम्रो पालामा यति पनि नगरे हाम्रो संगठनको इज्जत जान्छ । हाम्रो डेमोक्रेसीको हुर्मत जान्छ भन्ने कसैले भन्दैन ।’



    lumbinisanjal   
  • २०८२ बैशाख २३, मंगलवार १६:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP