• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाल विद्यार्थी संघ भारतको अध्यक्षमा मिलन अर्याल

    • lumbinisanjal
    • २०८२ भाद्र १५, आईतवार १२:०७
    5K
    SHARES
    नेपाल विद्यार्थी संघ भारतको अध्यक्षमा मिलन अर्याल

    बुटवल, १५ भदौ । नेपाली जन सम्पर्क समिति भारतले नेपाल विद्यार्थी संघ भारतको अध्यक्षमा मिलन अर्यालाई मनोनयन गरेको छ।

    नेपाल विद्यार्थी संघको केन्द्रीय समितीमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका अर्याललाई संगठनको विधान, परम्परा र नेपाली कांग्रेस पार्टीले दिएको अधिकारका आधारमा मनोनयन गरिएको जनाइएको छ।

    नेपाली जन सम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेद्वारा हस्ताक्षरीत विज्ञप्तीमा अर्यालको नेतृत्वमा विद्यार्थी समुदायको हितमा ठोस काम हुने विश्वास व्यक्त गरिएको छ।

    विज्ञप्तीमा भनिएको छ, “उनको नेतृत्वमा संगठन सुदृढ, सबल र प्रभावकारी बन्नेछ भन्ने आशा राखिएको छ।”

    संगठनप्रतिको समर्पण, राजनीतिक दृष्टि, सामाजिक अनुभव र विद्यार्थी हितका सवालमा निरन्तरको संलग्नतालाई उच्च मूल्याङ्कन गर्दै उनलाई अध्यक्ष बनाइएको पनि विज्ञप्तीमा उल्लेख छ।

    नेपाल विद्यार्थी संघ भारतले भारतीय भूमिमा रहेका नेपाली विद्यार्थीको हितमा लामो समयदेखि काम गर्दै आएको छ। विज्ञप्तीमा संघको सशक्तिकरण र विस्तारसँगै संगठनलाई नेपाली कांग्रेसको वैचारिक दिशामा अगाडि बढाउने जिम्मेवारी नयाँ नेतृत्वलाई रहेको प्रष्ट पारिएको छ।



    lumbinisanjal   
  • २०८२ भाद्र १५, आईतवार १२:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP